विकासको कुनै अन्त्य हुदैन:सांसद त्रिपाठी

अनलाइन दर्पण 2019-10-15
img

अंगद यादव / नवलपरासी पश्चिम । सुस्ता गाउपालिकाको वडा नं.-२ गुदरीयामा प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले सामुदायिक भवनको समुदघाटन गर्नुभएको छ । उद्घाटन गर्दै त्रिपाठीले भने, नवलपरासी पश्चिम प्रतिनिधि सभा १ का सदस्य तथा पुर्व मन्त्री हृदयेश त्रिपाठीले सुन्दरता, मित्रता र विकासको कुनै अन्त्य नहुने बताउनु भयाे । 

विकासको क्रमलाई पहिला पनि निरन्तरता दिइएको र अगामि दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता गर्नु भएका थिए । शैक्षिक, सामाजिक, आर्थिक र भौतिक संरचनामा दिर्घकालिन विकास एवं समृद्धको लागि सदैव तत्पर तथा अग्रीण भूमिका निर्वाह गर्ने बताउनु भएको थियो । 

तराई मधेश समृद्ध अन्तर्गतको आएको बजेटको सामुदायिक भवनको कार्य सफलता पूर्वक सम्पन्न भएकोमा धन्यवाद समेत दिनु भएको थियो । साथै यस्ता भवनले समाजका हरेक क्रियाकलापमा मद्दत पुग्ने भन्नु भएको थियो । 

३३ लाखको लागतमा निर्माण गरिएको उक्त भवनका लागि तराई मधेश समृद्ध अन्तर्गत त्रिपाठीको विशेष पहलमा उक्त सामुदायिक भवन निर्माण गरिएको हो । भवनबाट साहित्य संस्कृति समाजमा हुने विवाह, ब्रतबन्ध र अन्य धेरै रचनात्मक काम गर्न सहयोग पुग्ने भनि स्थानीय खुशी गरेका छन । 

भवन उद्घाटन कार्यक्रममा सुस्ता गाउँपालिकाको उपाध्यक्ष इन्द्र कुमारी थरुनी, वडा नं २ का वडा अध्यक्ष कृष्णलाल मुखिया, प्रेमचन्द्र गुप्ता, रामअवतार कोइरी करम हुसेन अन्सारी, रामपृत यादव, कमल अामात्य, रामअवध गुप्ता, कृष्ण पन्ती, हिरा चौधरी, डिल्ली काफ्ले लगायतको उपस्थिति रहेको थियोे ।

सम्बन्धित समाचार

Advertisement