देशभर थपिए एक हजार ३५९ जना संक्रमित, आजै मात्र १४ जनाको मृत्यु

अनलाइन दर्पण 2020-09-04
img

काठमाडौँ, १९ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ३५९ जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक हजार ३५९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमध्ये काठमाण्डू उपत्यकाका ४५४ रहेका जना छन्।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सकृय सङ्क्रमितहरू १८ हजार ४०४ रहेका छन् । संस्थागत आइसाेलेसनमा दश हजार ९४२ रहेका छन् । हाेम आइसाेलेसनमा सात हजार ४६२ रहेकाे  मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा एक हजार ३५४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५८ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २५ हजार ५६१ पुगेको छ ।

अहिलेसम्म २५,५६१ सङ्क्रमित निको भइसकेका छन् भने २७१ जनाको मृत्यु भएको सरकारको तथ्याङ्कले देखाउँछ। मृतकमध्ये एक चिनियाँ र एक भारतीय नागरिक पनि छिन्।

त्यसैगरी आजैमात्र १४ जनाकाे कोरोना संक्रमणबाट मृत्यु भएकाे छ । मृतकहरूमा काठमाण्डूमा तीनजना महिला, सप्तरीका दुईजना पुरुष, चितवनकी एक महिला रहेकी छन् भने धनुषा, कास्की, रसुवा नवलपरासी, प्युठान, रूपन्देही, पाल्पा र सुर्खेतका पुरुष रहेका छन्।

सम्बन्धित समाचार

Advertisement