४५ दिन भित्र नगरकोट सडक बनाउन सम्पन्न गराउन जुटे भौतिक पूर्वाधार मन्त्री

अनलाइन दर्पण 2021-11-01
img

भक्तपुर । ४५ दिन भित्र नगरकोट सडक सम्पन्न गराउन चाँगुनारायणका पहिलो प्रदेश मन्त्री कृष्णलाल भँडेले जुट्नु भएको छ । चाँगुनारायण नगरापालिकाको ठूलो समस्याको रुपमा रहेको कमलविनायक नगरकोट सडक लामो समय देखि नवन्दा स्थानियले ठूलो दुःख पाउनु परेको छ ।

स्थानीय तथा पर्यटकले धुलो सडकका कारण खेप्नु परेको हैरानी समाधानका लागि भौतिक पूर्वाधार मन्त्री आफै जुट्नु भएको हो । जनताको सर्वाधिक चासोको एवं मर्का परेको नगरकोट सडक ४५ दिन भित्र सम्पन्न गर्न वागमती प्रदेश भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भँडेलले विभिन्न पक्षसँग छलफलमा जुट्नुभएको हो ।

विगत लामो समय देखि नगरकोट सडक नवन्दा जहिले पनि गाली प्रचण्ड र उनका घरबेटीको नाम जोडिने गरेकाले उक्त सडक ४५ दिन भित्र सम्पन्न गराउन भँडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं गठबन्धनका नेता पुष्पकमल दाहल प्रचण्डसँग छलफलमा जुट्नुभएको हो ।

प्रचण्डको घरबेटी सारदा अधिकारी तथा प्रचण्डसँगको छलफल पछि उक्त सडक ४५ दिन भित्र सम्पन्न गर्ने ठेकेदार सारदा अधिकरीले आश्वासन दिएको मन्त्री भँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आफ्नो पहिलो काम नै भक्तपुर नगरकोट सडक खण्ड जसरी भएपनि यथा सक्य छिटो सम्पन्न गराउन आफू जहाँ पनि पुग्न तयार रहेको जानकारी दिनुभयो ।

नगरकोट सडक खण्ड नवन्दा लोमो समय देखि नगरकोटको पर्यटन साथै स्थानीय जनताले ठूलो दुःख पाउनु परेको बताउँदै अव बाटोका कारण कसैले पनि दुःख पाउनु नपर्ने मन्त्री भँडेलले बताउनुभयो ।

चाँगुनारायण प्रदेशबाट निर्वाचित भँडेलको चुनावी नारा नै नगरकोट सडक पहिला बनाउने रहेको थियो । सो अनुसार उनी लगाएत नेपाली काँग्रेस क्षेत्र नम्वर १ का सभापति जिवन खत्री लगाएतका नेता गठबन्धनका नेता प्रचण्डलाई भेट्न उहाँको निवास पुग्नुभएको थियो ।

प्रचण्डले उनका घरबेटी एवं ठेकेदार सारदा अधिकारी सँग छिटो भन्दा छिटो बाटो सम्पन्न गराउन समन्वयको काम गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Advertisement