ठेकेदार बने मन्त्री तर बनेन स्वास्थ्यचौकी

अनलाइन दर्पण 2017-08-26
img

काठमाडौं , ११ भदौ। गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले ६ वर्षअघि स्वास्थ्य चौकी भवन निर्माण जिम्मा पाएका ठेकेदार रोल्पाका अमरसिंह पुन कांग्रेसका तर्फबाट २०७० सालमा समानुपातिक कोटाबाट सभासद् बने । तत्कालीन ठेकेदार उनी हाल सिँचाइ राज्यमन्त्री भएका छन् । तर, उनले ठेक्का लिएको स्वास्थ्यचौकी भने अझै बनेको छैन ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पाका लोख अधिकृत झगबहादुर दसौदीका अनुसार ठेकेदार पुनले डेढ वर्षभित्र भवन निर्माणको पूरै काम समन्न गर्ने गरी भ्याटबाहेक ७७ लाख ८८ हजार ६ सय ९५ रुपैयाँमा जिम्मा लिएका थिए ।

०६८ असारमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पामार्फत ‘नेपाल प्रगति/राप्ती/उच्च हिमाली जेभी’ले भवन निर्माणको जिम्मा पाएको थियो । ठेकेदार मन्त्री बनेपछि भवन निर्माणले गति नलिएको स्थानीयको गुनासो छ । भवन नहुँदा सेवा प्रवाहमा समस्या भएपछि निर्माण गर्न लागिए पनि ठेकेदार मन्त्री भइसक्दा काम सकिएको छैन । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

सम्बन्धित समाचार

Advertisement