ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

अनलाइन दर्पण 2017-08-26
img

गोरखा,११ भदौ। गोरखाको पालुङ्टार नगरपालिका–१ खोप्लाङ सुन्दरखोलामा शनिबार ग १ त ३७१६ नंम्बरकाे  ट्र्याक्टर दुर्घटना हुँदा चालक सुलिकोट गाउँपालिका–४ का २० वर्षीय आइतपाल गुरुङको मृत्यु भएको छ ।

सहचालक पालुङ्टार नगरपालिका–९ का १९ वर्षीय सुजन परियार गम्भीर घाइते भएका छन् । चालक गुरुङलाई उपचारका लागि गोरखा अस्पतालतर्फ ल्याउँदै गर्दा गएराति बाटोमै मृत्यु भएको थियो भने सहचालकको उपचार भइरहेको जिप्रका गोरखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

सिरानचोक पुगेर पालुङ्टार फर्कदै गर्दा ट्र्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

सम्बन्धित समाचार

Advertisement