काठमाडौं नेसनल मेडिकल कलेज सम्बन्धनः काउन्सिलको प्रतिवेदन नै फर्जी

अनलाइन दर्पण 2017-08-27
img

काठमाडौं , १२ भदौ । विवादित काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन स्वीकृति दिन नेपाल मेडिकल काउन्सिलको अनुगमन समितिले फर्जी प्रतिवेदन बनाएको खुलेको छ ।

समितिले करिब २४ किलोमिटर टाढा रहेको कलेजको जग्गालाई १० किलोमिटर भित्रै रहेको प्रतिवेदन बनाएर स्वीकृत दिन सिफारिस गरेको आजको नागरिक दैनिकले लेखेको छ ।

सम्बन्धनका लागि पूर्वाधार मूल्यांकन गर्ने जिम्मेवारी पाएको काउन्सिलको प्राविधिक टोलीले २४ किलोमिटरभन्दा टाढाको जग्गालाई १० किलोमिटरभित्रै रहेको तथा कलेजमा बन्दै नबनेका विभागसमेत बनेको देखाएर नक्कली प्रतिवेदन दिएको भेटिएको छ ।

काउन्सिलबाट गठिन निरीक्षण टोली प्रमुख अनिलकुमार झा, काउन्सिल उपाध्यक्ष डा. शशी शर्मा र सदस्य डा. सरोज श्रेष्ठको टोलीले यस्तो प्रतिवेदन दिएको हो । काठमाडौंको घट्टेकुलोदेखि काठमाडौंको चाल्नाखेल तथा ललितपुरको नल्लुबीचको दूरी क्रमशः १३ र २४.५ किलोमिटर छ ।

 

 

सम्बन्धित समाचार

Advertisement