दशैँमा यस्ता खसी बोका किन्दा राम्रो हुन्छ

अनलाइन दर्पण 2017-09-25
img

नेपालीहरूको महान चाड वडादशैँ मुखैमा आइपुगेको छ । चाडबाडको विशेषता भनेको मासुका चौरासी व्यञ्जन तयार गरी घरपरिवारका लागि मात्र नभई इष्ट, मित्र, माइती, ससुराली खलकमा कोसेली बाँडी रमाइलो मनाउनु पनि हो । हुन त बढ्दो सहरीकरण अनि विद्युतीय सञ्जालको प्रभावका कारण आजका हाम्रा प्लस–२ का पुस्ता पश्चिमी सभ्यताका अभ्यस्त भइसकेका छन् । यसको प्रत्यक्ष उदाहरण दरबार मार्गमा खुलेका के.एफ.सी.का पसलले आफ्नो व्यपार काठमाडौंको टोलटोलमा विस्तार गरेको मान्न सकिन्छ ।

भनिन्छ मासुको उपभोग, उपभोगको वृद्धि हुनु भनेको व्यक्ति अनि समाजको आयस्तर वृद्धि हुनुको मापक पनि हो । तर गरिब सुकुम्बासी अनि ज्यालादारी, बनीबुँतो गरिखानेहरूका लागि त चाडबाड नै कुर्नुपर्ने हुन्छ, त्यो पनि ऋण काढेर भए पनि । 

हिन्दुहरूको महान चाडमा पुग्ने जति मासु, त्यो मासु पसलमा किनेर नपुग्ने हुन्छ । आफ्नो धर्म, रीति परम्पराअनुसार आफ्नो गच्छेले भ्याए पनि नभ्याए पनि एउटा, पशु, पक्षी, अझ एउटा घोर्ले खसी आफ्नो कुल देवतालाई बलि चढाउनै पर्ने परम्परा रहेको पाइन्छ । आजको सहरी क्षेत्रका पुस्ताका लागि बढ्दो सहरीकरणको प्रभावले खेती तथा पशुपालनका लागि चाहिने ठाउँको सङ्कुचनले यो कार्य असम्भव हुँदै गएको छ । त्यसैले दशैंका लागि चाहिने खसी, बोका च्याङ्ग्राको स्रोत ग्रामीण क्षेत्र नै हो  । 

विकल्प के त ?
खाद्य संस्थानले खसी, बोका, च्याङ्ग्रा ल्याई मूल्य तोकी बिक्री गरी हाले आफू जाँदा आफ्नो भागमा किन्नै मन लागे पनि पाइएला वा नपाइएला, पाइहाले छिट्टै पुगेको छिमेकीले छान्दा बाँकी रहेको पनि भाग नपर्ला भन्ने डर पनि हुन्छ । त्यसबाहेक यस काठमाडौँ उपत्यकाकै कुरा गर्ने हो भने नियमित रूपमा खसी, बोका च्याङ्ग्रा किन्ने ठाउँ भनेको कलङ्कीको खसीबजार, टुकुचाको खसी बजार त हँुदै छ, त्यसबाहेक त्यस बेला बाटा, चौबाटामा पनि खसी बोका च्याङ्ग्रा बिक्री गर्न राखिएको पाइन्छ । समस्या अलिकति मूल्यमा पर्न सक्छ । सरकारी स्तर बजार अनुगमन थालिएको हुन्छ । यस बारेमा अन्तिम निर्णय त उपभोक्ता तथा बिक्रेताको समझदारीको कुरा भयो । 

समस्या कहाँनिर छ ?
आजको काठमाडौंको बसाइ अली बेग्लै छ । घर त आफ्नो छ तर बहाल पनि लगाइएको छ । पहिले नै खसी बोका किनी ल्याउँ बहालमा बस्नेलाई झिँझो लाग्ला भन्ने डर वा घर धनीले कचकच गर्ला भन्ने डर । यसको एउटा समाधान के छ भने घरमा साइत पनि जुरायो, पानी पनि ततायो अनि खसी बोका किन्न हिँड्यो, जे मूल्यमा आफ्नो गच्छे अनुसारको खसी बोका ल्यायो अनिबली चढायो । यो नै व्यावाहारिक देखिन्छ ।

खसी किन्दा डम्म पेट भएको देखिेर यो चाहिँ खास रहेछ भनी नकिन्नु होला । त्यस बेला खसी बोका मोटाघाटा देखाउन प्रशस्त अन्न खुवाएको हुन सक्छ । किनभने त्यस बेला खसी बिक्रेताले यो यति किलोको हो भनी मोल भाउ गर्छन् । त्यति बेला खसी बोका किनिहाल्नु भयो भने घरमा ल्याई वध नगरुन्जेलसम्म थप अन्न खान नदिनु होला, किन भने त्यो खसी बोकाले पहिले नै जोहो गरी सकेको हुन्छ । अन्यथा तपाईंको खसीलाई अस्पताल पु¥याउनुपर्ने हुनसक्छ । बलि चढाउने खसी बोका च्याङ्ग्रालाई सादा पानी, थोरै मात्रामा स्याउला वा इलेक्ट्रो लाइट दिए पुग्छ । 

त्यसो गरियो भने खसी, बोका वा च्याङ्ग्राले पहिला खाएको अन्न, घाँसपात पचाएर शरीरबाट मलमूत्रका रूपमा बिसर्जन गर्छ । अनि तपार्इंले वध गर्दा त्यसको जिउमा लादी पनि कम हुन्छ । आन्द्रा भुँडी सफा गर्न पनि कम झन्झटिलो हुन्छ ।

यसभन्दा अझ फाइदा यसमा पो छ, त्यो खसी बोका च्याङ्ग्राले खाएको अन्न घाँस पात, उसको शरीरमा चयअपचय हँुदा त्यसबाट उत्पन्न हुने विषाक्त पनि उसको शरीरबाट बाहिरिन्छ । यस कारण त्यस्ता खसीबोकाबाट तयार पारेका दशैँ परिकार स्वस्थ्य हुन्छन् । तपाईं आफैंले वध, काटछाँट गर्नुभएको छ भने मासु स्वच्छ हुन्छ, सफा त त्यसै हुने नै भयो । यसो भयो भने दशैँमा तपार्इंले खाएको खुवाएको मासुबाट मासुजन्य विषाक्त हुने जोखिम कम हुनेछ । 

डा. केदार कार्की-राताेपाटीबाट

सम्बन्धित समाचार

Advertisement