खानामा भात र रोटीकाे सन्तुलन मिलाउनुहाेस्, स्वस्थ रहनुहाेस्

अनलाइन दर्पण 2018-03-19
img

हामी बिहान-बेलुकी भात खान्छौ । भात अर्थात् चामल । हाम्रो बुझाईमा चामल नै भात हो । कतिपयको जिब्रो रोटीमा पनि अभ्यस्त छ । दुबै अन्न हो । र, दुबै कार्बोहाइड्रेडको स्रोत पनि । त्यसैले द्विविधा हुन्छ, रोटी खाने कि भात ? कुन उचित ?

भात र रोटी हाम्रो स्वास्थको लागि एकदमै फाइदा जनक हुन्छ । तर यी दुई मध्य कुन राम्रो हो भन्ने बहस चलिरहन्छन् । चाहे त्यो भात होस् या रोटी दुवै हाम्रो लागि एकदम आवस्यक छ । नास्तामा , डिनर र लन्च आदिमा रोटी र खानको प्रयोग गर्छौ ।

कतिपयले भुँडी घटाउन भन्दै रोटी खाने गर्छन् भने कसैले भात खान्छन् । धेरै मानिसलाई रोटी खाँदा भुँडी घट्छ भन्ने लागेपनि यसबारेमा मानिसहरुलाई स्पष्ट जानकारी  भने छैन । विश्वका चर्चित डाइटिसियनले एक टोकरी ३० ग्राम चामल र ३० ग्राम रोटीले शरीरमा उत्तिकै क्यालोरी दिने भएका कारण यसमा अलमल नपर्न सुझाव दिएका छन् । एक रिपोर्टमा विश्व चर्चित डाइटिसियनहरुले भात र रोटीले उत्तिकै क्यालोरी दिने भएका कारण भात र रोटीले फरक नपार्ने बताएका छन् ।

तर पेटको दृष्टिले रोटीमा फाइबरको मात्रा बढी हुने हुँदा त्यसले पाचनमा सजिलो हुने उनीहरुको भनाइ छ । भातमा भने फाइबरको मात्र हुँदै हुँदैन भन्दा पनि हुन्छ । भात खाँदा छिटो भोक लाग्ने र रोटी खाँदा केही समय सम्म भोक नलाग्ने भएका कारण रोटी खानु उचित मानिएको हो ।

के खाने ?

भातको तुलनामा रोटी पकाउन झन्झटिलो हुन्छ । समय पनि बढी खर्च हुन्छ । त्यसैले सजिलो र छिटोको हिसाबले भात सहि हुन्छ ।

तर, स्वास्थ्यको लागि रोटी गुणकारी हुन्छ । किनभने रोटीमा फाइबर हुन्छ, जो पाचन यन्त्रका लागि एकदमै उपयोगी हुन्छ । चामलमा सामन्य कार्बोहाइड्रेट र स्टार्च हुन्छ, फाइबर हुँदैन ।

यसरी सन्तुलन मिलाउनुहोस्

चामलको तुलनामा रोटीको सेवन राम्रो हो, स्वास्थ्यका लागि । यद्यपी रोटी र चामललाई सन्तुलित ढंगले सेवन गर्नु अझ बढी फाइदाजनक हुन्छ । सादा सेतो चामल चाहि खानका लागि त्यती राम्रो होइन । यदि चामल नखाई हुन्न भने त्यसमा सब्जी हालेर पकाउनुहोस् ।

१. रोटीमा चामलमा भन्दा बढी फाइबर हुन्छ, जसले पाचन क्षमता बढाउँछ । कब्जियतको समस्या हुन दिदैन ।

२. रोटी सेवन गर्दा चामलको तुलनामा ब्लड शुगर लेभल कम मात्रामा बढ्छ । यसले मधुमेह जस्ता रोगको खतराबाट बचाउँछ ।
३. रोटीमा रहेको कार्बोहाइड्रेट्स पचाउनका लागि शरीरले धेरै शक्ति खर्च गर्छ, जसले गर्दा मोटोपनको संभावना कम हुन्छ ।

४. रोटी पचाउन चामलको तुलनामा बढी समय लाग्छ । पेट लामो समय भरिन्छ । र, ओभरडाइटिङबाट बचाउँछ ।

चामललाई कसरी हेल्दी बनाउने ?

कतिलाई रोटी मन पर्दैन । चामल नै खानुपर्ने हुन्छ । उनीहरुले चामल सेवन गर्दा केहि तरिका अपनाउन सक्छन्, जसले चामल स्वस्थ्यकर हुन्छ ।

१. चामलमा सब्जि हालेर पकाउनुहोस् । वा सब्जीसँग सेवन गरौ । यसले गर्दा चामलको मात्रा कम हुन्छ । फाइबर र भिटामिन पनि प्राप्त हुन्छ ।

२.  चामललाई कुकरमा पकाउनुभन्दा पित्तलमा धेरै पानी हालेर पकाउनु राम्रो हो । पानी उम्लिएपछि चामलको स्टार्चवाला पानी बाहिर निकाल्नु पर्छ ।

३. चामल मात्र सेवन नगरौ । यससँगै रोटी, सब्जी, दाल, दहीको कम्बिनेसन मिलाउनु पर्छ ।

सम्बन्धित समाचार

Advertisement