अत्तर अर्थात् परफ्युमको प्रयोग हाम्रो नेपाली समाजमा आफ्नै किसिमले हुने गरेको छ । कतिपय ब्यक्तिहरुले परफ्युमलाई लुगामा लगाउने गरेका छन् भने कमैले छालाको स्पर्श गरेर लगाउने गरेका हुन्छन् । परफ्युमको सही उपयोग हुन नसकेको अवस्थामा धेरै प्रयोगकर्ताले गुणस्तरीय परफ्युम प्रयोग गरेपनि सुगन्ध लामो समय नटिकेको अनुभव गरेका छन् ।
यदी तपाईले राम्रो गुणस्तरको परफ्युम प्रयोग गर्दै हुनुहुन्छ भने शरीरका यि भागहरुमा लगाउदा परफ्युमले अझ बढी सुगन्ध त्यो पनि लामो समयसम्म दिने गर्छ।
नाईटोको भाग शरीरका अंगहरु मध्ये तातो भैरहने भागमा पर्छ । त्यसैले नाईटोको भागमा परफ्युम लगाउनु भयो भने यसको सुगन्ध लामो समयसम्म रहिरहन्छ । अमेरिकन टेलिभिजनकी अभिनेत्री लिव टाइलरले आफुलाई सुगन्धित राख्ने उपायहरु बताउने क्रममा उनले परफ्युमलाई नाईटोको भागमा पनि लगाउने गरेको बताएकी थिइन् ।
शरीरको माथिल्लो भागमा रहेको कपालमा पनि परफ्युम लगाउदा यसको सुगन्ध लामो समयसम्म रहन्छ । त्यसैले बाहिर कतै निस्कनु पर्दा थोरै परफ्युम कपालमा पनि लगाउदा राम्रो हुन्छ ।
कुनै पनि ब्यक्तिको नजिक बसेर कुराकानी हुने कार्यक्रम जस्तो पार्टीहरुमा जादैं हुनुहुन्छ भने कानको पछिल्लो भागमा पनि परफ्युम लगाउने गर्नुहोस् । यो भागमा परफ्युम लगाउदा अगाडी र पछाडी रहेका ब्यक्तिहरुमा समान रुपमा सुगन्ध जाने गर्छ ।
हातको कुहिनोको अघिल्लो भागमा धेरैको पसिना आउने गर्छ । यो भागमा तातो पन बढी हुनाले पनि पसिना आउने गरेको हो । यदी तपाईले यो भागमा परफ्युम लगाउनु भयो भने यो भागको तातोपनले परफ्युमको सुगन्धलाई फैलाउन मद्धत गर्छ ।
यदी तपाई छोटो लुगा हाफ पाईन्ट, स्कर्ट आदी लगाउनु हुन्छ भने घुडाको पछिल्लो भागमा पनि परफ्युम लगाउन सक्नुहुन्छ । यो भाग पनि तातो हुने हुनाले परफ्युम लगाउदा यहाँवाट निस्कने सुगन्ध लामो समयसम्म रहिरहन्छ ।