यस्ता छन् सुगर फ्री डाइट सेवन गर्नुका फाइदा

अनलाइन दर्पण 2018-09-05
img

संसारमै बढ्दो मोटोपना, मधुमेह, मेटाबोलिजमजस्ता समस्याका कारण यस्तो डाइटको प्रयोग बढ्न थालेको हो । किनकि, सुगर फ्री डाइटले यस्ता समस्याबाट बचाउन ठूलो भूमिका निर्वाह गर्छ । यस्ता सुगर फ्री नेचुरल खाद्यपदार्थमा पोषण तत्वको मात्रा पनि भरपुर हुन्छ ।

कति सुगरले असर गर्छ ?

सुगर फ्री खाद्यपदार्थमा आवश्यकभन्दा बढी चिनी हुँदैन । यस्ता खाद्यपदार्थमा समान्य कार्बोहाइड्रेट पनि हुन्छ । दैनिक ३५० क्यालोरीभन्दा बढी सुगर लिँदा मोटोपना, मधुमेह र मुटुसम्बन्धी रोगको खतरा बढेर जान्छ । त्यति मात्र नभएर यसले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि कमजोर बनाउँछ । कतिपयले सोच्ने गर्छन् कि सुगर फ्री खाना भनेको कुनै पनि गुलियो पदार्थको प्रयोग बन्द गर्नु हो । तर, त्यसो होइन । सुगर फ्रीमा अन्न, फलफूललगायतका खाद्यपदार्थ पर्छन् । तर, मैदाजस्ता प्रोसेस्ड गरी तयार पारिएका खाद्यपदार्थबाट भने बच्नुपर्छ ।

सुगर फ्री खाद्यपदार्थ

सुगर फ्री खाद्यपदार्थमा फाइबरको मात्रा बढी हुने गर्छ । जसमा ब्रोकाउली, चाइना सिड, बेरी, टमाटर, ब्राउन राइसलगायत पर्छन् ।

यसमा हेल्दी फ्याट पनि पर्छ । जसमा जैतुनको तेल, ओखर, बदाम आदिको प्रयोग गर्न सकिन्छ ।
दाल, सिमी, सालमन फिस, अन्डा आदि खाद्यपदार्थ पनि सुगर फ्री हुन् ।

मौसमी तरकारी र फलफूललाई पनि नियमित डाइटमा अनिवार्य प्रयोग गर्दा स्वास्थ्यमा निकै फाइदा पुग्छ ।

सुगर फ्री खाद्यपदार्थको प्रयोग बढाउनका लागि प्राकृतिक खाद्यपदार्थसँग नजिक रहने
प्रयास गर्नुपर्छ ।

खाने तरिकामा पनि सुधार ल्याउन जरुरी हुन्छ । कुनै तरकारी वा खाद्यपदार्थ उमालेर वा फ्राई खान सक्नुहुन्छ तर यसको पोषण तत्व नउडोस् भन्ने कुरामा भने ध्यान पु-याउनुपर्छ ।

सुगर फ्रीका फाइदा

यस्ता खाद्यपदार्थले तौल घटाउनुका साथै मधुमेहको खतरालाई कम गर्छ ।

यस्ता खादपदार्थले शरीरमा लामो समयसम्म ऊर्जा दिने गर्छ । नेचुरल सुगरमा सामान्य कार्बोहाइड्रेट हुने गर्छ । जुन तत्कालै रगतमा मिसिन पुग्छ ।

सुगर फ्री खाद्यपदार्थ पच्नका लागि लामो समय लाग्छ । जसकारण दिनभर रगतमा चिनीको मात्रा एउटै जस्तो हुन्छ ।

चिनी कम र बढी फाइबरयुक्त खाद्यपदार्थले पाचन प्रणालीमा पनि सुधार ल्याउने काम गर्छ । यसकै कारण केन्डिडा ब्याक्टेरिया र विभिन्न संक्रमणबाट बच्न सहयोग पुग्छ ।

चिनीको सेवन कम गर्दा फ्याट र कलेजोका रोगको सम्भावना पनि कम भएर जाने गर्छ ।

नियमित रूपमा सुगर फ्री भोजनको प्रयोग गर्दा शरीर सुन्निने समस्या पनि कम भएर जाने गर्छ ।

यसरी काम गर्छ

चिनीरहित अर्थात् सुगर फ्री खाद्यपदार्थको प्रयोग गर्दा रगतमा चिनीको मात्रा अकस्मात् परिवर्तन हुने भने होइन । यसले शरीरको मेटाबोलिकको मात्रालाई सुधार गर्ने काम गर्छ । र, लामो समय पेट भरिएको महसुस हुन्छ । शरीरमा प्रोटिन र बोसोले ऊर्जा उत्पादन गर्न थाल्छ । जसको परिणाम बिस्तारै तौल पनि नियन्त्रणमा आउने गर्छ ।

सम्बन्धित समाचार

Advertisement