कतै तपाई आँप भनेर मन्द विष त किनिरहनु भएको छैन ?

अनलाइन दर्पण 2017-04-27
img

काठमाडौं, बैशाख १४, । रसायन हालेर पकाएको भारतीय आँप नेपालको विभिन्न बजारमा खुलेआम बिक्री हुने गरेकाले उपभोक्ता मन्द विषको सिकार हुन थालेका छन् ।खासगरी प्राकृतिकरुपमा आँप पाक्ने समय असार महिनाको अन्त्यदेखि साउन÷भदौ महिनाको समय भएपनि स्थानीय बजारमा भने वैशाख सुरुदेखि नै आँपले बजार कब्जा गरेको देखिन्छ । बिक्रीका लागि राखिएका यस्ता भारतीय आँपको परीक्षण नहँुदा उपभोक्ता विषाक्त आँप खान बाध्य देखिन्छन् । यसले गर्दा खाद्य बजार विषालु बन्दै गएको छ भने अर्कातिर उपभोक्ता मन्द विषको सिकार भई विभिन्न रोगबाट प्रभावित भएको देखिन्छ ।


व्यापारीले बढी नाफा लिन भारतबाट आउने यस्ता काँचो आँपमा कारवाइड नामक रसायन राखेर २४ घन्टामै पकाएर बिक्रीका लागि राख्ने गर्दछन् । खासगरी छिमेकी मुलुक भारतको दिल्ली, चेन्नइबाट सीमावर्ती भारतको रक्सौलका व्यापारीले यस्ता आँप ल्याउने गरेको र ती आँप फुटकर भारतीय व्यापारी साइकलमा राखेर वीरगन्जको बजारमा बिक्री गर्दै आइरहेका छन् ।


बजारमा छ्याप्ती–छ्याप्तीरुपमा कारवाइड नामक विषादी हालेर पकाएको आँप खान पनि विचार पु¥याउनुपर्ने उपभोक्ता शेषमन पण्डितको भनाइ छ । कारवाइड (कार्बन) नामक रसायन प्रयोग गरी पकाएको आँप खानाले मानव स्वास्थमा प्रतिकूल असर पर्ने, पेट दुख्ने, आँखामा प्रभाव पार्ने, मुटुमा प्रभाव पार्ने, जिब्रो टर्रो हुने, स्वाद नआउने भएकाले यस्ता आँप खान सचेत हुनुपर्ने विचार चिकित्सकको छ ।


प्राकृतिकरुपमा पाक्नुभन्दा पहिले बढी आर्थिक लाभ लिन व्यापारीले रसायन हालेर कृत्रिमरुपमा आँप पकाउने गरेको र खुलेआम बिक्री गरेकाले यस्ता आँप खाँदा स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुँदा यस्ता आँप बिक्री वितरणमा सम्बन्धित निकायले रोक लगाउनुपर्ने देखिन्छ ।
भारतबाट आउने रसायन हालेर पकाएको यस्ता आँप अहिले वीरगन्ज बजारमा प्रतिकिलो रु सयदेखि दुई सयसम्ममा बिक्री हुने गरेको छ ।स्रोत नयानेपाल न्यूज 

सम्बन्धित समाचार

Advertisement