वाम गठवन्धनबाट बाहिरियो नयाँ शक्ति, आँखा चिहृन लिएर चुनाव लड्ने

अनलाइन दर्पण 2017-10-13
img

काठमाडौं, २७ असोज। प्रमुख प्रतिपक्षी दल एमाले नेत्रित्वकाे वाम गठवन्धनबाट नयाँ शक्ति पार्टी नेपाल बाहिरिएको छ । शुक्रबार बसेको नयाँ शक्तिको संघीय सचिवालयको विस्तारित बैठकले गठवन्धनबाट बाहिरिएर उसले आफ्नै चुनाव चिहृन आँखा चिहृन लिएर चुनाव लड्ने निर्णय गरेको छ । यसअघि नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराई एमालेको सूर्य चिहृनबाट चुनाव लड्ने सहमति भएको थियो ।

गठवन्धनमा आवद्ध दल एमाले र माओवादी केन्द्र सहमतिको मर्म विपरित गएकाले आफ्नै चुनाव चिहृन लिएर निर्वाचनमा सहभागी हुने निर्णय गरिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने ।’

वाम गठवन्धनबाट बाहिरिँदै नयाँ शक्तिले उम्मेदवारहरू समेत घोषणा गरेको छ । बैठकले अध्यक्ष डा. बाबुराम भट्टराई गोर्खा २ बाट, कृष्णकुमार चौधरी कैलाली ३ बाट र दानबहादुर चौधरी कपिलबस्तु १ बाट, प्रेम तामाङ रसुवाबाट र मदन राई खोटाङबाट चुनाव लड्ने निर्णय गरेको हो ।

नयाँ शक्तिले निर्वाचनमा १५ सिट माग गरेको थियो । तर, एमाले- माओवादीले दिन नसकिने बताएपछि भट्टराई असन्तुष्ट थिए ।

सम्बन्धित समाचार

Advertisement