दोलखा, १६ कात्तिक । दोलखमा कांग्रेसका नेता तथा कार्यकर्ता एमालेमा प्रवेशको लहरै चलेको छ । यहाँ दैनीक रुपमा कांग्रेसबाट नेता तथा कार्यकर्ता एमाले तथा वामगठबन्धनका साझा उम्मेदवारलाई जिताउन धमाधम प्रवेश गरिरहनु भएको हो ।
त्यसै सिलसिलामा शैलुङ गाउँपािलका वडा नम्बर २ भुस्साफेदामा नेपाली कांग्रेसबाट दर्जनौ नेता तथा कार्यकर्ता एमाले प्रवेश गर्नुभएको छ । नेपाली कांग्रेसबाट धनलाल श्रेष्ठ् र विरवहादुर नेपालीको नेतृत्वमा दर्जनौ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको हो ।