मङ्सिर ४ को निर्बाचन, नेकपा(एमाले)दोलखाको कार्यभार

अनलाइन दर्पण 2022-09-06
img

  राजेश श्रेष्ठ

            नेकपा (एमाले) दोलखा जनताको अभिभारा पूरा गर्न पन्चायत कालमा जनपक्षीय उमेदवार उठाएर, २०४६ सालको जनाअन्दोलन पश्चात् पार्टी कै झन्डा र चुनाब चिन्ह प्रयोग गरेर जनताबाट अनुमोदित हुँदै आएको छ। यो आरोह-अबरोहमा पार्टीलाई जनताको बिचमा पुर्‍याउन योगदान दिने र ग्रास रुटमा गएर संगठन बनाउन योगदान पुर्याउने अग्रजहरु प्रती सम्मान र उहाँहरुको योगदानको कदर गर्दै समाजवादको आधार तयार पार्नुपर्ने अहिलेको मुल एजेन्डा हो ।                                                                अग्रजको नक्सा कदममा हिंडेर जनताको मन जित्दै पार्टी निर्माणमा लाग्नु पार्टी नेता कार्यकर्ताको पहिलो जिम्मेवारी हो।
पार्टीलाई स्थापित गर्न र दिएका जिम्मेवारी पूरा गर्न राजनीतिलाई पुर्णकालिन बनाइ, विभिन्न पेसा-व्यावसायमा आवद्ध भएपनि पार्टी संगठन निर्माण गर्न र जनताको बिचमा जान कहिले पनि हिचकिचाहट नगर्ने कार्यकर्ताको ठुलो पङ्तिकै कारण अहिले हाम्रो पार्टी जनताको मनमा बस्न सफल भएको छ।
   हाम्रो पुस्ता नेकपा(एमाले)मा २०६३ जनाअन्दोलन पछि संगठनमा आवद्ध भएको हो। अनेरास्ववियु सानोठिमी क्याम्पसमा संगठित भैरहँदा राजनीति भनेकै वाइसीएल सँग लडने, विभिन्न जिल्लाबाट क्याम्पस पढन आएका, हाम्रो बिचार सँग सहमत हुने साथीहरूलाई संरक्षण गर्ने जस्तो परिस्थितिका विच रह्यो । क्याम्पस अध्य्यन पश्चात् आफ्नो जन्म भुमि दोलखाको पार्टी कमिटीमा दोलखाकै दुर्गम भूगोलमा जन्मिनु भएका संघीय सांसद माननीय पार्वत गुरुङ दाइकै जन्मथलोमा जन्मिएकाले आदरणीय दाइको सहयोग, मार्गदर्शन र सद्भावले गर्दा पार्टीको काममा जोडिन मन, मस्तिष्कबाट अभिप्रेरित भएँ।
२०६५ सालको संविधान सभाको निर्बाचन, २०७० सालको संविधान सभाको दोस्रो निर्वाचन, २०७४ सालको प्रतिनिधि सभाको निर्वाचन र स्थानिय तहको निर्बाचन २०७४ र २०७९ कै किन नहोस यि सबै निर्बाचनमा आदरणीय पार्बत दाइ सँग हिड्ने मौका मिल्यो र जिबनको महत्वपूर्ण राजनीतिक सिकाइ भयो।
 २०७९ सालको स्थानिय निर्बाचनमा विभिन्न कारण नेकपा एमाले दोलखाले अपेक्षित परिणाम प्राप्त गर्न सकेन। प्राप्त परिणाम पछी पार्टी केन्द्रिय कमिटीले शुद्दिकरण र सुदृढीकरण अभियान प्रदेश कमिटी नेतृत्व र जिल्ला नेतृत्वको संयोजनमा पार्टी कमिटी र जनबर्गिय संगठनलाई पुनर्जीवन दिने काम सम्पन्न भएको छ र, आगामी प्रदेश सभा साथै संघीय निर्वाचन ४, मङ्सिर २०७९ लाई ध्यानमा राखेर पार्टीले दोलखा विकास र समृद्धिको योजना सहित जनताको बिचमा पुग्नुपर्नेछ। नेकपा एमाले दोलखाले २०६५ मा पनि निर्बाचन हारेकै हो। तथापि २०७० मा पुनः दोलखालाई एमालेको लालकिल्ला बनाएर २०७४ मा भएको स्थानिय निर्बाचनमा गठबन्धनलाई समेत धुलो चटाएर बहुमत ठाँउमा बिजय हासील गर्न सफल भएका थियौं। त्यसकारण हारमा दुखी हुनुपर्ने कारण छैन । परिणाम हात पार्न एकमना एकताका साथ दोलखा र दोलखाली जनताको समृद्धिको स्पष्ट खाका सहित जनताको विचमा हामी पुग्नुपर्छ ।(लेखक नेकपा(एमाले)दोलखा जिल्ला कमिटी सदस्य  हुनुहुन्छ )

सम्बन्धित समाचार

Advertisement