कहाँ थिए श्याम खत्री ? किन गरे आत्मसमर्पण ?

अनलाइन दर्पण 2018-06-01
img

काठमाडाैं , १८  जेठ ।  तस्करीको साँढे ३३ केजी सुन र सनम शाक्य हत्या अभियोगमा नेपाल प्रहरीका पुर्वडिआईजी गोविन्द निरौलादेखि एसपी बिकासराज खनाल र डिएसपी संजय राउतसम्म पक्राउ परेपछि एसएसपी श्यामबहादुर खत्री एकाएक भुमिगत भएका थिए । आजको नयाँ पत्रिकामा समाचार छ । 

खत्री खुला सिमानाको फाइदा उठाउँदै भारतको देहरादुन गए । केही महिना उतै लुके । तर, उनले त्यहाँ पनि आफुलाई असुरक्षित महसुस गरे । 

त्यही क्रममा गोरे पक्राउ परे । बयानमा गोरेले खत्रीलाई पोले । त्यसपछि नेपाल प्रहरीमा खत्रीविरुद्ध डिफ्यूजन नोटिस जारी गर्न दबाब पर्यो । नोटिस जारी भए खत्री भारतीय प्रहरीबाट जुनसुकै बेला पक्राउ पर्न सक्थे । यो विषयमा उनी जानकार थिए । 

त्यसैले उनी एक साताअघि देहरादुनबाट सुटुक्क नेपाल छिरे । काठमाडौं आई आफन्तकहाँ लुकेर बस्न थाले । तीन दिनअघि पौडेल समितिले यसको सुइँको पायो । लगतै समितिले उनको लोकन्थलीस्थित निवासदेखि आफन्तको घरमा छापा मार्ने कामलाई तिब्र बनायो । 

दवावमा रहेको नेपाल प्रहरीले खत्री विरुद्ध बुधवार डिफ्यूजन नोटिस जारी गर्यो । अब उम्कने ठाउँ कतै नदेखेपछि अन्ततः खत्री अदालतमा आत्मसमर्पण गर्ने ‘मुड’मा पुगे । यसका लागि विरिष्ठ अधिवक्ता हेमराज पन्तलाई अदालतको प्रकृया मिलाउन भने । विहीवार खत्री पन्तकै पछि लागेर पत्नी उमासँगै मोरङस्थित जिल्ला अदालत पुगेर अत्मसमर्पण गरे । 

सम्बन्धित समाचार

Advertisement