९० बर्षिया अपांग बृद्धालाई पनि बलात्कार !

अनलाइन दर्पण 2018-07-09

मदिराको नशामा ९० बर्षीया अपांग बृद्धालाई बलात्कार गरेको अभियोग लागेको २० बर्षीय युवकलाई ११ बर्ष जेल सजाय सुनाईएको छ । आजको नेपाल समाचारपत्रमा छ ।

पर्वतको मोदी गाउँपालिका १ का २० बर्षीया शंकर परियारलाई पर्वत जिल्ला अदालतले ११ बर्ष कैद हुने फैसला सुनाएको हो । 

पर्वत जिल्ला अदालतका न्यायाधीश धुव्रसाद सापकोटाको ईजलासले परियारलाई पुर्वपक्षका ११ बर्ष कैद र ३० हजार क्षतिपुर्ति तिराउने फैसला गरेको स्रेस्तेदार दयाराम पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचार

Advertisement