नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुग्यो, नेपालगञ्जमा थप सात जनामा संक्रमण पुष्टि

अनलाइन दर्पण 2020-05-05
img

काठमाडौं, २३ वैशाख । नेपालगञ्जमा आज (मंगलबार) थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालस्थित प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 
संक्रमितहरुमा नेपालगन्ज ८ निवासी २२, ३० र ४० वर्षका पुरुष रहेका छन् भने ९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन् । 

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ८२ जना पुगेको छ । 

बाँकेमा मात्रै कोरोनाभाइरस संक्रमितको संख्या २३ पुगेको छ । यद्यपी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ । 

हाल नेपालगन्जमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि स्थानीयप्रशासनले नेपालगन्ज उपमहानगर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । 

लकडाउनका वेलासमेत सर्वसाधारणले हिँडडुल गर्न नछाडेपछि उपमहानगरका २३ वटै वडा तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको हो । 

प्रशासनका अनुसार मंगलबारदेखि बिहीबार मध्यरातसम्म लागू हुने गरी उपमहानगरलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । 

भाइरस संक्रमणको दरलाई न्यूनीकरण गर्न, संक्रमितहरूको कन्ट्र्याक ट्रेसिङ र स्वाब परीक्षणलाई प्रभावकारी बनाउन प्रशासनले यस्तो कदम चालेको हो । 

सम्बन्धित समाचार

Advertisement