बोडेमा जुवा खालबाट आठ जना पक्राउ

अनलाइन दर्पण 2017-03-22
img

भक्तपुर, ९ चैत । महानगरीय प्रहरी परिसर भक्तपुरकोे टोलीले मध्यपुरठिमी नगरपालिका बोडेमा सञ्चालित  न्यू युनिक रेस्टुरेन्टमा जुवा खेलीरहेको अवस्थामा मंगलबार आठजनालाई पक्राउ गरेको छ ।

प्रहरीले रेस्टुरेन्ट सञ्चालक मध्यपुरठिमी–२ का  प्रेमकृष्ण श्रेष्ठसहित जुवातास खेलिरहेको अवस्थामा आठजनालाई जुवाखालबाट नगद रु ६७ हजार दुईसय ४० सहित पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता कृष्ण प्रसार्इंले जानकारी दिनुभयो । 

प्रहरीले पक्राउ परेकालाई म्याद थप गरेर आवश्यक कारबाही अगाडि बढाउने उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Advertisement