कीर्तिमानी युवा संघ नेपालकाे जडिबुटी शाखा गठन

अनलाइन दर्पण 2017-03-24
img

काठमाडौं, ११ चैत । विश्व उल्टो मोटरसाइकल यात्री चित्र कुमार कार्कीकाे प्रत्यक्ष सहभागितामा कीर्तिमानी युवा संघ नेपाल जडिबुटी शाखाको गठन भएको छ । 

हिजाे वेलुका काेटेश्वर जडिबुटी चाेकमा भएकाे युवाहरुकाे भेलाबाट शाखा अध्यक्षमा नेपाल डान्स किङ मनिस श्रेष्ठ चयन भएका छन । त्यस्तै भेलाबाट उपाध्यक्षमा अर्जुन कार्की, महासचिवमा उज्वला श्रेष्ठ, सचिवमा सविना श्रेष्ठ, काेषाध्यक्षमा भगवान हमाल र सदस्यहरुमा दिवा थापामगर, कुमार माझी सहित सात सदस्यीय कार्यसमिति गठन भएको थियो ।

नव गठित साखाका अध्यक्ष श्रेष्ठले प्रतिवद्धता जाहेर गर्दै विभिन्न क्षेत्रका युवालाई समेट्ने बतााउनु भयाे । अध्यक्ष श्रेष्ठ एक शाहासि युवा हुनुका साथै अाफुलार्इ चर्चित मोडेल भनेर चिनाउन समेत सफल भएका छन् ।

कार्यक्रममा बाेल्दै कीर्तिमानी युवा सघ नेपालका केन्द्रीय अध्यक्ष तथा विश्व उल्टो माेटरसाईकल यात्री चित्रकुमार कार्कीले नवगठित समितिलाई बधाई तथा शुभकामना दिदै एक्लैले असम्भव ठहरिएका काम युवाहरू मिलेर गरे सफल हुन सक्ने बताएका छन् ।

सम्बन्धित समाचार

Advertisement