२८औ अन्तराष्ट्रिय अपाङ्ग दिवसमा प्रतापपुरमा अपाङ्गता भएका व्यक्तिहरुलाई सेतो छडी र कम्बल बितरण

अनलाइन दर्पण 2019-12-04
img

अंगद यादव/नवलपरासी पश्चिम १७ मंसिर ।  नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाले २८औ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरुलाई कम्बल र सेतो छडी बितरण गरेको छ । प्रतापपुर गागपालिकाको सहयोग र श्री जन जागृति अपाङ्ग संस्था( सिबिआर नेटवर्क) एवं अपाङ्ग समन्वय समिति प्रतापपुर गाउपालिका नवलपरासीको आयोजनामा कम्बल र सेतो छडी बितरण कार्यक्रम सम्पन्न गरिएको हो । 

२८औ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा गाउपालिकाद्वारा कम्बल र छडी बितरण गरिएको गाउपालिका अध्यक्ष राजकुमार शर्माले बताउनुभयो । गाउपालिकाद्वारा वडाहरुमा अपाङ्ग भएकालाई कढाई तालिम दिइएको थियो भने अब कम्प्युटर शिक्षा सम्बन्धि तालिम दिने,  गाउपालिका भित्र रहेका हरेक दलित, अपाङ्ग, विपन्न पिछडिएका लगायतको दृष्टिकोण भएकोलाई आगाडी बढने गाउपालिकाको लक्ष्य रहेको अध्यक्ष शर्माले बताए । 

कार्यक्रममा जागृति अपाङ्ग संस्था(सिबिआर नेटवर्क) नवलपरासीको अध्यक्ष बच्चा राजभरको अध्यक्षता, प्रतापपुर गाउँपालिकाको अध्यक्ष राजकुमार शर्मा प्रमुख अथित्यता र विशेष अतिथिमा गाउँपालिका उपाध्यक्ष अन्जु चौधरी र प्रशासकीय प्रमुख घनश्याम गाहा अतिथि वडा नं.-२ वडाध्यक्ष ईश्वरी चौधरी, वडा नं.-६ को वडाध्यक्ष रामहरि उपाध्याय, वडा नं.-८ का वडाध्यक्ष कादिर अन्सारी, गणेश बिक,राष्ट्रिय अपाङ्ग महासंघको जिल्ला अध्यक्ष बुद्धिसागर पाण्डेय, पूर्व सिबिआर अध्यक्ष रमेश श्रेष्ठ रामअवतार हरिजन प्रतापपुर र सुस्ता गाउँपालिकाको अपाङ्ग समन्वय समितिका सम्पूर्ण सदस्य पत्रकार लगायतको उपस्थित रहेको थियो । 

उक्त कार्यक्रममा १९८ जनालाई कम्बल, पाँच जनालाई सेती छडी बितरण गरिएको र ३८ जनलाई सम्मानित समेत गरिएको जन जागृति अपाङ्ग संस्थाका अध्यक्ष बच्चा राजभरले जानकारी गराउनु भयो ।

सम्बन्धित समाचार

Advertisement