सरकारी तथ्यांकः देशभर जम्मा १० हजार बेरोजगार

अनलाइन दर्पण 2017-04-05
img

काठमाडौं, २४ चैत । हरेक दिन अनुमानित १५ सय युवा कामको खोजीमा विदेसिने गर्छन् । तर, सरकारी तथ्यांकले देशभर जम्मा १० हजार मात्रै बेरोजगार रहेको देखाएको खबर आजको नयाँ पत्रिकामा छ  ।

श्रम विभागले संकलन गरेको बेरोजगारको पछिल्लो तथ्यांकअनुसार, देशभर ९ हजार ८ सय ७३ नागरिक मात्र बेरोजगार छन् । यो आँकडा आ.व. ०७३/७४ फागुन मसान्तसम्मको हो ।

विभागले आफूमाहतका विभिन्न रोजगार सूचना केन्द्रबाट संस्थागत रूपमा बेरोजगारको लगत संकलन गर्दै आएको छ। जसअनुसार फागुन महिनामा मात्रै २ हजार ५ सय ५६ जना बेरोजगारको तथ्याङ्क संकलन भएको छ ।

सम्बन्धित समाचार

Advertisement