सिपाडोलमा एकिकृत समाजवादीको वडा कमिटी गठन, अध्यक्षमा शंकर थापा

अनलाइन दर्पण 2021-09-25
img

भक्तपुर।  सुर्यविनायक  नगरपालिका वडा नं ८ सिपडोलमा नेकपा एकिकृत समाजवादी पार्टीको वडा कमिटी गठन गरिएको छ । नेकपा एमाले विभाजन पछि बनेको माधव कुमार नेपाल नेतृत्वको सो पार्टीले सुर्यविनायक नगरपालिकाको ८ नम्बर वडामा पहिलो पटक वडा कमिटी गठन गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी ) ले भक्तपुरमा संगठन बिस्तारलाई तिब्रता दिने क्रममा आज सुर्यविनायक वडा नं.८ सिपाडोलमा गरिएको अगुवा कार्यकर्ता भेलाले क.शंकर थापाको अध्यक्षता रहने गरी २५ सदस्यिय वडा कमिटी गठन गरेको हो  ।

भेला जिल्ला कमिटी सदस्य क.दिलिप बस्नेतको अध्यक्षतामा भएको थियो र वडाका पुराना कार्यकर्ताहरुको उपस्थिती रहेको थियो। प्रमुख अतिथि जिल्ला अध्यक्ष स्याम बस्नेत , जिल्ला नेता अनिल श्रेष्ठ ,युवा ईन्चार्ज दिपक थापा र छन्द निरौलाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रम संचालन नगर ईन्चार्ज निरब थापाले गर्नु भएको र स्वागत शंकर थापा र धन्यवाद ज्ञापन चन्द्र बहादुर तामागंले गर्नु भएको थियो । 

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी ) पार्टीले भक्तपुर  जिल्लामा गत असोज  ६ गते प्रथम विस्तारित बैठक सम्पन्न गरेर अहिले जिल्लाभर आफ्ना संगठनहरु विस्तार गरिरहेकाे छ ।

सम्बन्धित समाचार

Advertisement