एकीकृत समाजबादीको युवा नेता दिनेश घिमिरेद्वारा काठमाडौ २(क)को सभासद उठने घोषणा

अनलाइन दर्पण 2022-09-06
img

  सुशील कार्की

मेरो पारिबारिक पृष्ठभुमि नै राजनैतिक रह्यो  तर पनि स्पष्ट रुपले आफै  राजनितिमा भने  अनेरास्ववियुको सद्स्य भयर 2061 मा कोटेश्वर बहुमुखी क्याम्पस प्रारम्भिक कमिटिमा लागेको हु । जब 2062 को स्वबियु निर्बाचनमा तत्कालिन प्रजा परिसद्ले जित निकाल्यो र पुर्ण रुपमा सङठन धोस्त भयो ततपश्चात्  दोलखाली बिद्यार्थी अर्जुन बुढाथोकी , बिष्णु पोखरेल दाङका त्रिचन्द्र पौडेल , काभ्रेका उमेस जङ रायमाझी ,सिन्धुपाल्चोकका दिपक थापा नबलपरासिका सन्कर भट्टराई लगायत अन्यलाइ समेटेर सङठन निर्माण गर्दै  बिद्यार्थी राजनिती र पार्टीमा कृयाशिल भयर लागेको हु र आजसम्मको यात्रामा आफैलाइ गर्ब महसुस हुन्छ । गणतन्त्र प्राप्तिको  ०६२/६३ को आन्दोलनमा पनि बिद्यार्थीहरुको नेतृत्व समालेर आन्दोलनमा होमिएको हु , गिरफ्तारी र चौकी बसाइ सामन्य नै भय पनि ! संगठनमा काम गर्दैगर्दा अन्य विभिन्न आन्दोलनको अनुभव त हुने नै भयो ।  विद्यार्थी संगठनका तमाम बिकृती बिसङतीसङ लड्दै तिनकाहक र अधिकारको  आवाज उठाउदै कोटेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियु संगठनलाई स्थापित गराउन अहोरात्र खटेको आजै जस्तो लाग्दछ । देउसीभैलो , मुखपत्र , लाइब्रेरी , सास्कृतिक कार्यक्रम , रचनात्मक क्रियाकलाप आदिका माध्यमबाट संगठन निर्माण गर्दै 2065 सालमा  स्वबियु निर्बाचनमा संगठनलाई राम्रो नतिजा सहित स्थापित गराउन लागे तर केही ब्यतिगत गल्ती र कमजोरिका कारण सभापतिमा पराजित भयको हु तत्पश्चात पनि क्याम्पसमा संगठनात्मक क्रियाकलाप गर्न सधै सबै अध्यक्षहरुलाइ सहयोग गर्न लागि रहेकै छु । 2073 को स्वबियु निर्बाचनमा पनि मैले संगठनलाई अझ स्थापित गराउन मुख्य भुमिका निभाए  भन्दा खासै फरक नपर्ला यद्यपि तत्समयमा संगठनमा रहेका साथिहरुको जोश संगठनप्रतिको लगाब र संगठनको भुमिका मुख्य रह्यो । त्यसपछि पनि संगठन बनाउन र विभिन्न अफ्ठेरोहरुमा भाइ बैनिहरु सङै छु भन्दा खासै फरक नपर्ला । गुटगत राजनितीको प्रभाब वा भनौ आफ्नै कमजोरी लामो समय अनेरास्ववियुमा रहदा अञ्चल कमिटी सद्सय बाहेक उपल्लो कमिटी मा रहेर काम गर्ने मौका चाहिँ पाइयन नै । सधै निर्बाचित कमिटीलाई र अध्यक्षलाई मान्ने स्वभाबका कारण सायद माथिल्लो कमिटीमा जान सकियन अझ खुल्ला रुपमा भन्नू पर्दा नेता सङ नझुक्ने , चाकरी नजान्ने र आफ्नै बलबुतामा गर्व  गर्ने मेरो स्वभाबले नै मलाइ रोक्यो  । सम्सद विघटन पश्चात्  म प्रष्ट रुपमा बिरोधमा रहे र आन्दोलनका विभिन्न कार्यक्रमहरुमा सहभागी भय । नेकपाको अदालती डिभोर्स पछी म एमालेमा फर्किन चाहिन र वाहाहरुलाइ मेरो आबस्यकता पनि परेन म तेसैले पार्टी गठन नहुउन्जेल  माओबादिमा नै बसेको पनि  हु । पछी समाजबादी पार्टी बन्दै गर्दाबाटै म नेकपा एकृकित समाजबादिमा आबद्द भयको हु । ललितपुर जिल्ला कमिटीले मलाइ सदस्यमा , सचिबालयमा र केन्द्रिय परिसद सद्स्यमा जिम्मेवारी दियको छ र मैले सक्ने समय  सहयोग सल्लाह र  सुझाव दिदै आयको छु जसका लागि सिङो जिल्ला कमिटी र विशेष रुपमा अध्यक्ष क हरिकृष्ण थापा , केन्द्रीय सदस्य उमेस शर्मा बजगाइ र केन्द्रिय सदस्य क अमृतनाथ तिमल्सिना लगायत समाजबादिका नेता ज्युहरुलाइ धन्यवाद दिन चाहन्छु । राजनिती सङै व्यावसायिक जीवन बिताइरहदा केही तलमाथी हुनु स्वभाबिक नै हो त्यो बाहेक मैले कोहिकसैलाइ काखापाखा र नेतृत्वलाई अहित हुनेगरि काम कामकारबाही  गरेको छैन । स्थानीय निर्बाचनमा कामनपा ३२ र कागेस्वरी मनहरामा सक्दो सहयोग गरेकै हो तर टिकट बितरण र गठबन्धन निर्माणमा यहाको कमिटीले जुन उचित भुमिका खेल्न पर्ने हो त्यो खेलेन , सामुहिक रुपमा जसरी लाग्नु पर्ने हो तेस्मा लागेन वा भनौ  सकेन  र नतिजा  प्रतिकुल निस्कियो यसैको जिम्मेवारी लिनुको साटो छेत्रीय सम्योजक आफै एकल  प्रदेस उमेदवार भयको कुराले आज निकै ससन्कित र बिस्मित  तुल्यायको छ   किनकी यहाको सम्योजकको भुमिका गठबन्धनमा सहजकारी समन्वय गर्ने भन्दापनी आफू कसरी नेतृत्वमा स्थापित रहने र कसरी चाकरिबाजहरु निर्माण गर्ने र तिनलाइ नै नेतृत्वमा कसरी ल्याउने भन्ने मै रह्यो नत्र हिजो क माधव नेपालले चुनाब लड्दै आयको ठाउँ यहाँ गठबन्धनको राम्रो सम्भबना त कति थियो थियो येस्तो भुगोलमा पार्टीले धेरै कार्यकर्ताको उचित ब्यबस्थापन गर्न किन सकेन ? आज त्यो विषय नै ओझेलमा पारेर आम कार्यकर्ता र जनमतको भावना बिपरित सिफारिस आयको छ ?  स्वयम् म आफै  उमेदवार सिफारिस हुने क्रममा ललितपुरबाट प्रस्ताव पठायको हु किनकी यहाबाट त्यो प्रस्ताव नहुने कुरामा म स्थानीय निर्बाचन बाटै प्रस्टै भैसकेको थिय । । तर प्रदेस भित्र जहाबाट पनि चुनाब लड्न पाइने मेरो अधिकार म काठमाडौं २ ( क ) बाट प्रयोग गर्न चाहन्छु किनकी म हिजो बिद्यार्थी आन्दोलनको नेतृत्व गरेरयहिबाट आयको हु , समाज रुपान्तरणमा मेरो भुमिका बिद्यार्थी राजनितिमा झै सकृय र सफल हुने छ  ।  समग्र प्रदेसको बिकासको योजना ल्याउन म सक्नेछु पनि । हिजो  कामनपा ३२ मा स्थापित भै सकेको नेतृत्वलाई पार्टीलाई गठबन्धन गर्ने नाममा सकायर , कागेस्वरिमा हुन सक्ने गठबन्धन रोकेर एकल उम्मेद्बारी दर्ता गरायर यहाको पार्टी भावना मिचेर कार्यकर्ता सक्कायर सन्खरापुरमा दुइदलिय सिन्डिकेट चलाउनने गुटका मतियारलाइ प्रदेस सभाको साचो सुम्पने कुरामा म सहमत हुनै सक्दिन।  दुई तिहाइको कम्युनिस्ट सरकारको विघटन र पार्टी फुटको जिम्मा जस्ले लियपनी नलिएपनी समग्र क्रिया प्रतिक्रियाको जिम्मा हाम्रै टाउकोमा हुने हो , भोलि हाम्रा सन्ततिले यो देस बिग्रनुमा  उचाइमा पुगेको कम्युनिस्ट आन्दोलन धारासायी बन्नुमा कस्को भुमिका प्रमुख थियो भनी प्रस्न सोधेमा दिने जबाफ म खोज्न चाहन्छु तेसैले यो पटक चुनाब लड्न  र हार्न दुबैछुट एकसाथ उपलब्ध हुनेछैन बहाना यो होस वा त्यो तेसैले यसपटक प्रदेस सभाको निर्बाचनमा मेरो उम्मेद्बारी काठमाडौ २( क)  बाट हुने कुरा सबैमा जानकारी गराउन चाहन्छु , पार्टीले नै निर्णय गरेमा कलम चिन्हमा नत्र स्वतन्त्र ।अभिबादन

सम्बन्धित समाचार

Advertisement