बुद्ध लामा बने नेपाल आइडल

अनलाइन दर्पण 2017-09-22
img

काठमाडाैं, ७ असोज। नेपालकाे पहिलाे  नेपाल आइडल बुद्ध लामा घोषित भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै पाेखराका लामा नेपाल आइडल भएका हुन् ।

उपाधिसँगै लामाले नगद २० लाख  र महिन्द्राको केयुभी १०० गाडी साथै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाएका छन् ।

फस्ट रनर अप बन्दै मोरङका निशानले १५ लाख रुपैयाँ नगद र सेकेण्ड रनर अप  बन्दै  ललितपुरका प्रताप दासले १० लाख रुपैयाँमा चित्त बुझाएका छन् ।

एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनौट गरिएको हो । आयोजकका अनुसार ९ करोड ३१ लाख मत आएको थियो । अघिल्लो साताको बिहीबार राति पौने ९ बजेदेखि खुलेको भोटिङ आज शुक्रबार साँझ ५ बजेसम्म खोलिएको थियो ।

नेपाल आइडलको समापनसँगै एपी वान टेलिभिजनले अर्को रियालिटी शो ‘नेपाल गट ट्यालेन्ट’ को घोषणा गरेको छ । यो सन् २०१८ को सुरुवातबाट प्रकारण हुने बताइएको छ ।

 

सम्बन्धित समाचार

Advertisement