चुनाव हारेको झोकमा एमालेले कुटे कांग्रेसका कार्यकर्ता

अनलाइन दर्पण 2017-09-23
img

रौतहट । बृन्दावन नगरपालिका–५ हर्साहा चोकमा नेपाली कांग्रेसका कार्यकर्तामाथि एमालेका कार्यकर्ताले  शनिबार कुटपिट गरेका छन् । कांग्रेसको विजय जुलसले एमालेका कार्यकर्ताहरुलार्इ जिस्काएको भन्दै उनिहरुले कुटपिट गरेका हुन् ।

एमालेका कार्यकर्ताहरु बसिरहेको स्थानमा बिजय जुलुसले ठुलो आवाजमा बाजा बजाउँदै जिस्क्याएपछि झडप भएको हो । चुनाव हारेर बसेका एमाले कार्यकर्तालार्इ कांग्रेस कार्यकर्ताले जिस्काएपछि भइको झडपमा चारजना कांग्रेसका कार्यकर्ता घाइते भएका हुन् ।

घाइते हुनेहरुमा शेष खैरुल्लाह, शेष मेराजुल, शेष जाहिर, मोहम्मद सैमुल्लाह रहेका छन् । उनीहरुले आफु विजय जुलुस लिएर जाँदा एमालेका कार्यकर्ताले कुटपिट गरेको आरोप लगाएका छन् ।  

कुटपिटबाट घाइते भएकाहरुकाको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी यादव ढकालले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Advertisement