गौचनको हत्या रहस्यमय: भारतीय 'सार्पसुटर' पक्राउ

अनलाइन दर्पण 2017-10-09
img

काठमाडौं, २४ असोज। निर्माण व्यवासयी महासंघका अध्यक्ष शरद्कुमार गौचनको  हत्या रहस्यमय बन्दै गएको छ । सोमबार दिउँसो नयाँ बानेश्वरको खरिबोट नजिकै एक समुहले गोली हानी हत्या गरिएका गौचनको हत्या कसले किन गर्यो रहस्यमय भएको महानगरीय आयुक्त
कार्यालका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक जयबहादुर चन्दले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो अहिले विभिन्न आफवाह फैलिएको छ , प्रहरीले अफवाहको पछि लाग्ने कुरा भएन,, हामी घटनाको अनुसन्धान गरिरहेका छौं ।आजको नेपाल समाचारपत्रमा खबर छ । 

भारतीय सार्पसुटर पक्राउ 
भारतबाट काठमाडौं आएका दुई जना सार्पसुटर पक्राउ परेका छन् । शनिबार काठमाडोंका जोरपाटीस्थित नरायणटारबाट पक्राउ परेका दुवै जना भारतीय सार्पसुटर रहेको तथा भारतीय प्रहरीकाे खोजीको सुचीमा रहेको नेपाल प्रहरीले जनाएको छ । उनीहरु बसैको हत्याका लागि नेपाल आएको  प्रहरीको आशंका गरेको छ । 

पक्राउ पर्नेमा भारतीय रक्सौलका दिपकुमार श्रीवास्तव  र रन्जनकुमार यादवलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

सम्बन्धित समाचार

Advertisement