नेपाल प्रहरीको टोपीमा भारतको झन्डा !

अनलाइन दर्पण 2017-10-12
img

काठमाडौं,२७ असोज।नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारतलाई झल्काउने संकेत छन् भन्दा जाे काेहीलाई पत्यार नलाग्न सक्छ तर सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि पत्याउनै पर्ने हुन्छ । आफ्नो स्वाभिमानमाथि नै आँच आउने खालका यस्ता टोपी सुरक्षाकर्मीले बर्षौदेखि   प्रयोग गर्दै आएका छन् । 

कतिपय नेपाली प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झण्डा तिरंग मेरा भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हमरा, लेखिएका थुप्रै संकेत भेटिन्छन् ।  ती संकेत टाेपीको भित्रपट्टी राखिएका छन् । अझ कतिपय टोपीमा त भेडाको चित्रसमेत उल्लेख गरेको पाइएको छ । 

उनीहरुले यसबारेमा जानकारी नभएर हो वा संगठनकै लापरवाहीले सुरक्षाकर्मीको स्वाभिमान गीराउने काम भएको छ ।   संगठनको तल्लो तहका जवान मात्रै हैन प्रहरी अधिकृतले लगाएको टोपीमा समेत यस्ता संकेत भेटिएका छन् । आजको नागरिक दैनिकमा खबर छ । 

एकजना प्रहरी अधिकृतले लगाएको टोपीमा भारतीय झण्डा र सारे जहाँ से अच्छा हिन्दुस्तान हमरा लेखिएको पाईएको छ । 

सम्बन्धित समाचार

Advertisement