भक्तपुर । समाजवाद अध्ययन केन्द्र भक्तपुरले नवलपरासीको (बर्दघाट सूस्ता पश्चिम) बर्दघाट स्थित चिसापानी सामुदायिक अस्पताललाई बिभिन्न प्रविधीयुक्त स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
केन्द्रले अस्पतालमा आउने बिरामीको उपचार सेवामा सहयोग पु¥याउने उदेश्यले एमरजेन्सी टर्ली , मेबुलाईजर मेसीन (श्वासप्रश्वास सम्बन्धी वाथ दिने सामाग्री) लगायतका अन्य महत्पुर्ण प्रविधिहरुहरु प्रदान गरेको हो ।
शनिबार एक कार्यक्रम बिच पुर्व गृह राज्यमन्त्री, प्रतिनिधी सभा सदस्य एवंम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कँडेललले अस्पताल विकास समितीका अध्यक्ष कुलदिप आचार्यमार्फत अस्पताललाई सो सामाग्री औपचारीक रुपमा हस्तान्तरण गरेका हुन ।
यसैबिच केन्द्रले गरिब र बिपन्न समुदायका अपाङ्गता भएका ब्यक्तिहरुलाई सोही कार्यक्रम बिच ह्वीलचेयर र बैसाखी समेत बितरण गरेको छ । आर्थिक अभावका कारण हालसम्म पनि ह्वीलचेयरमा हिड्डुल गर्न नपाएका अपाङ्गता भएका ब्यक्तिहरुलाई केन्द्रले निशुल्क रुपमा ह्वीलचेयर र बैसाखी बितरण गरिएको केन्द्रका अध्यक्ष दुर्गा फुयालले बताए ।
हस्तान्तरण कार्यक्रमा बोल्दै नेता कँडेलले समाज रुपान्तरणकालागी सबै एक जुट भई अघि बढ्नपर्ने बताए ।
त्यसैगरी कार्यक्रममा केन्द्रका संरक्षक एवंम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले राज्यले सबै क्षेत्रलाई पुर्ण रुपमा ब्यवस्थापन गर्न नसकेको प्रति चिन्ता प्रकट गरेका थिए ।
केन्द्रमा आबद्धता लिएका सदस्यहरुले आ आफ्नो छोरा छोरीको जन्म दिनको अवसरमा संकलीत रकम, बिद्यालय शुल्क मिनाह लगायतबाट रकम बचाएर यसरी सामाजीक कार्यमा सहयोग गरिएको केन्द्रका कोषाध्यक्ष राजन कार्कीले जानकारी दिएका छन् ।
केन्द्रले नेपालका अन्य स्थानहरुमा समेत अस्पतालमा स्वास्थ्य सामाग्री दिने साथै गरिब र बिपन्न समुदायका अपाङ्गता भएका ब्यक्तिहरुलाई निशुल्क रुपमा ह्वीलचेयर , र बैसाखी उपलब्ध गराउदै आएको केन्द्रले जनाएको छ ।
यस केन्द्रको संरक्षककौ रुपमा कांग्रेसका नेताहरु डा. शशांक कोईराला, प्रदीप गिरी, गगन थापा, र प्रदीप पौडेल रहेका छन् । केन्द्रमा करिब दुई हजार सदस्यहरु रहेका छन् ।- हिमालयपाेष्ट