सिंहदरबारभित्रै बाट चोरी हुन्छ मन्त्रालयकाे मोटरसाइकल

अनलाइन दर्पण 2018-03-23
img

काठमाडौं - सिंहदरबारस्थित महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अगाडि पार्किङ गरी राखेको अवस्थामा चैत १ गते चोरी भएको सोही मन्त्रालयको बा १ ब ९९१३ नम्बरको मोटरसाइकलसहित चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही मन्त्रालयमा कार्यरत कार्यालय सहयोगी ललितपुर पुल्चोक बस्ने चितवन रत्ननगर नगरपालिका ७ का ३२ बर्षीय रमेश सुनार र उनैका भाइ ३० बर्षीय दिनेश सुनार रहेका छन् ।आजको नोपल समाचारपत्रको पृष्ठ ५ मा यो समाचार छापिएको छ ।

अनुसन्धानमा खटिएको प्रहरीले रमेशलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा मोटरसाइकल दिनेशलाई दिएको खुल्न आएको प्रहरीले जानकारी दियो ।

त्यसपछि इलाका प्रहरी कार्यालय टाँडी चितवनको समन्वयमा मोटरसाइकलसहित दिनेशलाई बिहीबार चितवनाट पक्राउ गरिएको हो । 

सम्बन्धित समाचार

Advertisement