मिलनविन्दु खोज्दै ओली-प्रचण्ड

अनलाइन दर्पण 2018-04-19
img

काठमाडौं - नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि सहमतिको मिलनविन्दु पहिल्याउन थालेका छन् ।

मंगलबार एकता संयोजन समितिको बैठकले सहमतिका लागि दुवै अध्यक्षलाई जिम्मा दिएपछि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुवै नेताबीच सहमति विन्दुको खोजी भएको छ ।

बैठक फेरि बस्ने गरी छलफल सकिएको सचिवलायले जनाएको छ । 
केन्द्रीय समितिको अनुपात मिलानउने विषयमा कुरा मिल्न नसकेको बताइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार निचोड नआएसम्म केही भन्ने अवस्था छैन । उनले भने,सहमतिकै लागि नियमित वार्ता भएरहेका छ तर निचोड नआइ केही भन्ने अवस्था छैन। आजको राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित समाचार

Advertisement