कतारमा ४२७ नेपाली अलपत्र

अनलाइन दर्पण 2018-04-23

कतारको हमाद विन खालिद विन हमाद डब्लुएलएल एचकेएच कम्पनीमा कार्यरत ४ सय २७ नेपालीसहित १२ सय विदेशी कामदरा अलपत्र परेका छन् । 

यो कम्पनी कतारी राजपरिवारका सदस्य शेख हमाद विन खालिद विन हमाद विन अल थानीको हो । 

कतारका महत्वपुर्ण परियोजना बनाउने जिम्मा लिएको एचकेएनले आफ्ना कामदारलाई तलब दिन सकेको छैन । 

उनीहरुको ४ महिनादेखि ७ महिनासम्मको तलव रोकिएको छ । तलब नपाउँदा कामदारलाई खानेकुरा जोहो गर्नसमेत समस्या परेको छ । 

कम्पनीमा मासिक रुपमा २६ हजारदेखि २ लाख ३२ हजार रुपैयाँसम्म तलब बुझ्ने नेपाली छन् ।, आजकोकान्तिपुरमा यो खबर छ । 

सम्बन्धित समाचार

Advertisement