संसद भवनमा ‘ईश्वर’ को खोजी !

अनलाइन दर्पण 2018-05-09
img

काठमाडौं, २७ वैशाख । प्रतिनिधिसभा बैठकमा एक सांसदले ‘ईश्वर’ देखाउन सरकारसँग माग गरेका छन् । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले यस्तो माग गरेका हुन् ।

बुधबार सरकारले पेस गरेका तीन वटा अध्यादेशलाई अस्वीकृत गर्ने प्रस्ताव पेस गरेका सुवालले संसदमा ‘ईश्वर’ को खोजी गरेका हुन् । मुख्यतः सपथको भाषामा ‘ईश्वरका नाममा सपथ खानेछु’ भन्ने प्रावधानप्रति आपत्ति जनाउँदै सरकारले ईश्वर खोजिदिनुपर्ने माग उनले गरेका हुन् ।

‘जब सपथमा देश र जनताको नाममा भनिसकेपछि ईश्वरको नाममा किन खानुपर्‍यो, जसलाई ईश्वर छ भन्ने विश्वास छ, त्यसले यहाँ छन् भनेर देखाउनुपर्‍यो, नत्र त्यो प्रावधान हटाउनुपर्‍यो’ सुवालले संसदमा भने– ‘नत्र सरकारले ईश्वर खोजेर ल्याइदिनु पर्‍यो ।’

संसदमा बेलाबखत चल्ने रोचक प्रसंगको एउटा उदाहरणबारेको यो खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

सम्बन्धित समाचार

Advertisement