निर्माण व्यवसायीको लापरवाहीका कारण मुलुकभर ९६ वटा पुल अलपत्र अवस्थामा रहेका छन् ।
सडक विभाग अन्तर्गत मुलुकभर रहेका रणनीतिक र स्थानीय गरी करिब २ हजार ९१ वटा पुलमधये निर्माण व्यवसायीको लापरवाहीका कारण ९६ वटा पुल अलपत्र अवस्थामा रहेको पाइएको हो ।
सोमवार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरूले पुल निर्माण कार्य लथालिंग हुँदा पनि सरोकारवाला निकाय मौन रहेको भन्दै आक्रोश व्यक्त गरे । कारोबार दैनिकमा खबर छ ।