काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्सिरसम्ममा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको पदाधिकारी बैठकमा प्रचण्डले आगामी मङ्सिरमा पार्टीको विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेको पार्टी सचिव देवेन्द्र पौडेलले बताएका छन् ।
प्रचण्डको प्रस्तावमा केन्द्रदेखि तल्लो स्तरसम्मको सबै समितिहरू भङ्ग गर्ने समेत भनिएको छ । बैठकमा जेनजी आन्दोलन र यसले उठाएका प्रश्नहरूको विषयमा छलफल भएको थियो ।