जितेन्द्र सोनल बने मधेशको चौथो मुख्यमन्त्री

अनलाइन दर्पण 2025-10-16
img

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश सांसद जितेन्द्र सोनल मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार साँझ संविधानको धारा १६८ (२) बमोजिम सोनललाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्।

पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह अल्पमतमा परेपछि राजीनामा दिएका थिए।

सोनलले नेपाली कांग्रेस र नेकपा एमालेबाहेक लोसपा, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादी र नाउपाको समर्थनमा सरकार बनाएका हुन्।

१०७ सदस्यीय प्रदेशसभामा ५४ सांसदको बहुमत आवश्यक पर्नेमा सोनललाई ५६ सांसदको समर्थन प्राप्त भएको छ।

यसअघि कांग्रेसका कृष्णप्रसाद यादवले एमाले र जनमत पार्टीको समर्थनमा मुख्यमन्त्री दाबी गरे पनि जनमतका आधिकारिक नेताले सोनललाई समर्थन जनाएपछि यादवको दाबी स्वतः खारेज भएको हो।

बारा जिल्लाबाट निर्वाचित सोनल यसअघि लालबाबु राउत नेतृत्वको सरकारमा भौतिक पूर्वाधारमन्त्री रहेका थिए।

सम्बन्धित समाचार

Advertisement