काठमाण्डाै, १६ भदाै । विदेशी गिरोहसंग मिली फेसबुकमार्फत दर्जनौ नेपालीलाई ठगी गर्ने सोलुखुम्बु घर भई बौद्ध बस्ने ३३ बर्षीया आङलेमी शेर्पालाई प्रहरीले पक्राउ गरेको आजको नयाँ पत्रिकामा खबर छ।
शेर्पा लगायत ब्यक्तिले विदेशबाट महंगो पार्सल पठाएको भन्दै फाेन गर्न लगाउने र त्यसका लागि भन्सार शुल्क चाहिनेभन्दै भारतबाट फोन गर्न लगाई पैसा मगाएर ठगी गर्दै आएको सिआईबीकी एसपी मीरा चौधरीले बताईन् ।
हालसम्म त्यस्तो गिरोहले ३४ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरिसकेको प्रहरी जनाएको छ ।