काठमाडौं, २१ भदौ । चिकित्सा शिक्षाभित्रको विकृति अन्त्य र नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नभए डाक्टर गोविन्द केसी आज (बुधबार) देखि फेरी १२ औं अनशन बस्ने भएका छन् ।
अाफ्ना मागप्रति सरकार सम्वेदनशील नभएकोले अनशन फेरी बस्न लाग्नुभएको डा. केसीका वार्ता टोली सदस्य डा. अभिषेक सिंहले जानकारी दिए ।
डा. केसी विभिन्न चरणमा गरी ११ औं पटक अनशन बसिसकेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।