पिउने पानीमा ब्रह्‍मलुट: ११ मा किनेर २५ रुपैँयामा बिक्री

अनलाइन दर्पण 2017-09-16
img

बजारमा पाइने ‘ड्रिङकिङ वाटर’ अर्थात पिउने पानीमा व्यापारीहरुले उपभोक्ताबाट ब्रमलुट गर्ने गरेका छन्। उद्योगबाट एक वोत्तल बराबर ११ रुपैया ६६ पैसामा किनेको पानी व्यापारीहरुले २५ रुपैयामा उपभोक्ताहरुलाई बेच्ने गरेका छन्। पानी उद्योगले दिएको खरिद मुल्य भन्दा एक सय १४ प्रतिसत मुनाफा गरेर पानीका व्यापारीहरुले उपभोक्ताहरुलाई खुलेआम ठग्ने गरेको उपभोक्ताहरुले बताएका छन्।

११ रुपैयामा किनिएको ‘ड्रिकिङ वाटर’ हामीले २५ रुपैयामा किन्‍न पर्ने अवस्था छ, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका जिल्ला कोषाध्यक्ष दर्शन आचार्यले भने खुलेआम उपभोक्ता ठगी गर्नेलाई कानुनी कारवाही हुनुपर्छ।

खरिद मुल्य भन्दा बढिमा २० प्रतिसत सम्म मुनाफा गरेर बेच्नु पर्ने नीति भए पनि पानीका बोत्तलमा भने एक सय १४ प्रतिसत सम्म मुनाफा गरिएको देखियो आचार्यले भने, यस्ता खुलेआम उपभोक्ता ठग्ने व्यापारीलाई तत्काल कालाबजारी ऐन अन्तरगत कान्सनी कारवाही गरिनुपर्छ।

पानी उत्पादन उद्योगहरुले शुद्धिकरण गरिएको खानेपानीका वोत्तलमा मुल्य लेवल टास्न कन्जुसाई गर्दा उपभोक्ताहरु ठगिने ठाउँ रहेको भन्दै उपभोक्ता अधिकारकर्मी आचार्यले उद्योगहरुलाई एमआरपी नै राखेर पानीका बोत्तल बजारमा पठाउन आग्रह गरे।

सामाजिक अभियान्ता सनत गिरीले स्थानिय प्रसासनको मौनता र लापरवाहीले व्यापारको नाममा उपभोक्तालाई ठगी भइरहेको आरोप लगाए। जिल्लामा नियमन गर्ने प्रसाशन हो, पानीको मुल्यमा पनि यसले नियमन गर्नु सकनु पर्ने गिरीको भनाई छ। ‘खानेपानी सबैमा सर्वसलभ र सहज बन्नु पर्ने हो। तर व्यापारीहरु व्यापारको नाममा उपभोत्ता ठगि रहेका छन। चर्को मुल्य असुली गरिरहेका छन हामी उपभोक्ता बोल्ने ठाउँ समेत रहदैन।’ उनले भने।

खानेपानी उद्योगहरुले उत्पादन मिति, मुल्य लेवल, आवाधिक मिति कुनै टाँस नगरी वजार ल्याउँदा उपभोक्ता सूचनाको अधिकारबाट बञ्चित भएको गिरीको भनाई छ । प्रसाशनको फितलो अनुगमन, मौसमी अनुगमनले यो समस्या नहटेको उनले बताए।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुषालले व्यावसायीहरु सँग छलफल गरेर पानीको मुल्यमा एकरुपता ल्याउने बताए।उद्योगवाट थोक विक्रेता, थोकबाट फुटकर विक्रेतामा आउँदा यस्तो समस्या भएको भन्दै उनले संघले यो समस्या समाधानको लागि पहल गर्ने बताए।

प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले उत्पादन उद्योगहरुले देखिने गरी मुल्य टाँस नगर्दा उपभोक्ताहरुले चर्को मुल्यमा किन्ने गरेको आफुले पनि पाएको बताए।उत्पादन उद्योगहरुले सर्वसुलभ मुल्यमा पसल–पसलमा शुद्धिकरण गरिएको खानेपानी पुर्‍याए पनि व्यापारीहरुले आफुखुसी मुल्य निर्धारण गरी वेचविखन गरी रहेकाले तत्काल वजार अनुगमन गरी मुल्य निर्धारण गर्ने उनले बताए।

उनले मुल्य सूचि सबै सामानमा राख्नु पर्ने बताए।त्यस्तै उद्योगहरुले खानेपानीको वोटलमा अनिवार्य मुल्य लेवल टाँस गरी व्यापारीहरु विक्रिवितरण गर्न समेत आग्रह गरेका छन्। जिल्लामा ड्रिङकिङ बाटर उत्पादनको लागि स्थापना भएका उद्योगहरु १४ वटा रहेका छन्।

अधिकांश उद्योगहरुले ड्रिकिङ वाटर उत्पादन गरि विक्रिवितरण गरिएको छन्। भने एक उद्योगले मिनरल बाटर उत्पादन गदै आएको छ। उद्योग विकास शाखा दाङका अनुसार जिल्लामा १४ वटा खानेपानी उद्योगले उत्पादन गरिएका छन्।

प्रमुख उद्योग अधिकृत वासुदेव रिजालका अनुसार पानी उद्योगमा जिल्लामा ८ करोड, २० लाख, ५३ हजार ८ सय ८० रुपैया लगानी भएको छ भने वार्षिक ३३ करोडको पानी उत्पादन र बिक्रि हुने गरेको छ।जनसंचारडटकम बाट

सम्बन्धित समाचार

Advertisement