कम्युनिस्ट पार्टी एकतामा नेतृत्वले अपनाउनु पर्ने विधि र आवश्यकता

अनलाइन दर्पण 2020-09-30
img

  सुरेश प्रसाद निरौला

असार २६ काठमाडौ  यो मेरो अर्ति वा उपदेश भने होइन खाली पार्टी एकताको निम्ति मात्र हो :- 
 
मेरा नेतृत्व दाई अग्रज कमरेडहरु अनि मैले हालै पार्टी भित्र देखिएका केहि बिध्वानजनहरु साथै हुक्के, चिलिमे, बैठके, कुरौटे  र दासहरुका धेरै कुराहरु सुन्न, देख्न्न र पढ्न पाईयो I सायद यहाँहरुलाई येस्ता कुराहरुले मजा नै आएको होला होइन ? मित्रहरु हो खबरदार ! आफु बसेको घरमा आगो लगायर आगो ताप्ने काम नगर्नुहोस ! आफुले माथितिर फर्किएर थुकेको थुक कहाँ पर्छ भन्ने कुराको ख्याल गर्नुहोस् :- 
 
देश रहे पार्टी रहला , पार्टी रहे हामीहरु पनि रहौला, हामी रहे फेरी पनि बहुमत आउला, बहुमत आए फेरी पनि सरकार बन्ला , सरकार बने झन्डा, डण्डा, नियुक्ति, पैसा, पावर यहाँहरुले नै पाउने – चलाउने हो अनि केहि नरहे " न रहे बास – न बजे बासुरी " भन्ने उक्ति नै सहि होला , होइन र ?
हामी सबैले हाम्रा नेतृत्व दाई पार्टी पंक्ति भित्रका कमरेडहरुलाई नजिकैबाट राम्रो महसुस गर्न भ्याएका छौ त्यसैले कसैले कसैलाई राष्ट्रबादी र राष्ट्रघाती नबनाऊ  र यो सहि यो गलत भनि कसी लगाउने काम पनि नगरौ , एक पटक बिगतलाई फर्केर हेरौ त् आफुले पार्टी भित्र गरेका निर्णयहरु, माईनुटहरु, लेख, रचना, इन्टरभ्यु आदि मलाई लाग्छ हाल सम्म पनि ति सबै ताजा नै  छन् होला ! खाली आफुहरुले आत्मसाथ भने गर्न सक्नु पर्यो,  अन्तमा के सहि र गलत हो भन्ने कुराहरु भने आफै छुट्टिनेछन् I
 
नेता ,कार्यकर्ता र जनताहरुले दिएको दुई-तिहाई मतको कदर गर्नुहोस् , उहाहरुले नै दिएको उत्साह, उमंग र विश्वासलाई कुठाराघात गर्ने काम नगर्नुहोस, सहिदहरुका सपनाको खिल्ली नउडाउनुहोस् , हाम्रा अग्रजहरुको अपमान नगर्नुहोस् , "भाई फुटे गवार लुटे " भन्ने उक्तिलाई याद गर्नुहोस् , जनताहरु भनेको  भगवान हुन् , भगवानलाई अपमान गर्दा के हुन्छ हामी सबैलाई यसको हेक्का रहोस I
 
कसैले कसैको घटोत्तरि वा बढोत्तरि, गुनगान वा मान मर्दन गरेर हामीहरु अगाडी बढ्न सक्दैनौ I यस पार्टीलाई पार्टीभित्र वा बाहिर रहेका सम्पूर्ण नेता-कार्यकर्ताहरुको आवस्यकता छ I सबै जना आ-आफ्ना ठाउमा योग्य, सक्क्ष्म र सबल हुनुहुन्छ I एकले अर्कोलाई निषेध गरेर जादा पार्टी संचालन गर्न सकिदैन र त्यस्तो काम गर्नु पनि हुदैन I
 
मैले देखेको पार्टीभित्रको बालहठलाई त्यागी केहि समयका लागि मात्र भए पनि देश भित्र हाल देखापरेको कोरोना, बाढी-पहिरो , सिमा सुरक्षा, नक्सा , बिदेशबाट जनताहरु स्वदेश  ल्याउने काम, जनताहरुलाई राहतको व्यवस्था, सहुलियतमा ब्याज दर ऋण, बिध्यार्थीहरुको पठन पाठनको कार्य , उध्योग-धन्दा, कल-कारखाना संचालन गर्ने गराउने, सार्बजनिक यातायातको व्यवस्था मिलाउँने , होटेलहरु संचालन गर्ने बिधी अपनाउने आदिमा हामी सबै एक भएर लाग्यौ भने जनताहरुले केहि मात्रामा भएपनि राहत पाउने थिए भन्ने मलाई लाग्दछ I त्यसैले हामी आफु भित्र त् हास्यौ-हास्यौ अब दुनियालाई हसाउने काम भने बन्द गरौ I
 
यतिका दिन, महिना र वर्षहरु त् बितायौ भने खाली एक पटकका लागि मात्र भए पनि तल देखि माथि सम्म देखिएका- लेखिकाए, सुनिएका कुराहरुलाई देश, जनता र कार्यकर्ताहरुको मुख हेरी पद प्रतिष्ठामा आफुहरुलाई नजोडी मान सम्मान केहि नखोजी जसरि हाल चली-चलाइरहेको छ त्यसलाई त्यसैगरि चल्न दिदा "आकाश खसिहाल्ने " – "पृथ्वी पल्टीहाल्ने " परिस्तिथि आउछ जस्तो मलाई लाग्दैन I यसमा कसैको उभोगति वा उधोगति पनि हुदैन, कोहि आगो त् कोहि पनि हुन पर्छ , नत्र कसरि फरक छुट्टिन्छ र ? त्यसैले समय र परिस्थिथिलाई ख्याल गरौ I "संसारमा देर छ अन्धेर छैन" I
हाम्रो पार्टी आजको आजै बने जस्तो मलाई लाग्दैन किनकि यसको जन्म २००६ सालमा भएको हो र धेरै नेता-कार्यकर्ताहरुको योगदान, बलिदान, समर्पण, खटाई, गराई  र माया-ममताले नै यो यहाँ सम्म आइपुग्न सफल भएको हो I पार्टीभित्रका धेरै उतार-चडाव, टुट,फुट र जुटले हरेक समस्याको समाधान गर्दै आजसम्म अहोरात्रको परिश्रमिक खटाईले हाम्रो पार्टी यो उचाईमा पुगेको हो I त्यसैले यो धरोहरलाई भत्किन नदीउ , सबैले मिलेर यसको रक्षा गरौ I म जतिको लेमेन ले त यी सबै कुरा बुजेको छु भने म कसरि भनौ कि मेरो नेतृत्वलाई यी सबै कुरा थाहा छैन भनेर !
आदरणीय कमरेडहरुहो हाम्रो पार्टी चोईटिदा नेकपालाई नै घाटा हुन्छ, संबिधानको एक थानपनि खोस्टोमा परिणत हुन्छ , पार्टी  एकताको काम पनि भताभुन्ग हुन्छ , बहुदल र गणतन्त्र बादीहरुले सरकार संचालन गर्न  नसक्ने रहेछन भन्ने गलत संदेश बाहिर जान्छ, नेपाली जनताहरुमा ठुलो निरासा छाउछ, नेता-कार्यकर्ताहरुमा पार्टी प्रति नै वित्रिष्णा पैदा हुन्छ त्यसैले हाम्रो देश अब पचास वर्ष पछि पर्छ I
 
तसर्थ हामीहरुले पहिले नै जे जति गल्तिहरु गर्यौ यी सबै गल्तिहरु हामीहरुबाट नै भएका हुन् I यी सबै गलत कुराहरुलाई समयमै बुझ्न र बुझाउन नसक्दा नै हामीले गरेका निर्णयहरु, दिएका निर्देशन र जिम्मेवारीहरुले नै आज गल पासो लागेको छ I त्यसैले जुन ठाउँबाट गल्ति सुरु भयो त्यहि ठाउँबाट नै निकास खोज्नु पर्छ, व्यक्ति गौण हो, पार्टी नै सर्बोपरी हो भन्ने मूल मन्त्रलाई स्थापित गर्न सक्नु पर्दछ, म भन्ने शब्द परित्याग गरि हामी र हाम्रो भन्ने शब्द प्रयोग गर्नु पर्दछ I समय र परिस्थितिको ख्यालगरि केहि समय पछि पार्टी व्यक्ति बाट होइन, पार्टी बिधान, बिधि, पद्ती, मिटिंग, भेला, सभा-समारोह, आलोचना- आत्मआलोचना को बिधीबाट पार्टी अगाडी बढाउने व्यवस्था गरेमा पछिलाई भने यो क्रुसियल परिस्थिति नआउला जस्तो मलाई लाग्छ I यी सबै माथिका कुराहरुलाई मध्यनजर गरि हाललाई यो असहज अवस्थाबाट अगाडी बढ्न सहमति, संबाद र सहकार्यको नीति लाई अबलम्बन गर्दै अगाडी बढे उचित र उपयुक्त होला जस्तो मलाई लाग्छ I
 
यी माथिका सबैकुराहरु भन्न मलाई जति सहज र सजिलो छ तर काम गर्ने नेत्रित्व कमरेडहरुलाई भने काम गर्न त्यति नै गाह्रो र साह्रो होला तर के गर्नु समय र परिस्थिति नै यस्तो छ, बाँचिरहे धेरै कुराहरु सुन्न, देख्न र गर्न पाइन्छ, अन्यथा भन्न सकिन्न , समयले हामीलाई कहाँ पुर्याइसकेको हुनेछ, भनिन्छ नि –"रिस खां आफु- बुद्धि खा अरु " त्यसैले हामी पछि पछुताएर केहि हात लाग्दैन , समयले साथ छोडीसकेको हुने छ ,त्यसपछि  हामी जति खेर ब्युझेका हुनेछौ, त्यसबेला  हामी संग कुनै समय हुनेछैन I  कतै हामीमा चेत भया I   अस्तु 

सम्बन्धित समाचार

Advertisement