सूचनाको माध्यम पत्रकारिता क्षेत्र भित्रका विविध आयम

अनलाइन दर्पण 2021-05-16
img

  सुरेश प्रसाद निरौला

हाम्रो देशको चौथो अङ्ग चेतनाको हिसावले सत्य–तथ्यमा आधारित रही, सहि सुचना प्रवाह गर्ने र आफ्नो कर्म क्षेत्रलाई आफ्नै कर्म र धर्म मान्ने पत्रकार वा पत्रिकाहरु अनि रेडियो, टेलिभिजनहरुको पनि कमि भने छैन । सम्पूर्ण देश र जनताहरुको सेवामा तल्लीन रही सहि सुचना प्रवाह गर्ने सबै खाले पत्रिका,रेडियो, टेलिभिजन, युटुव र पत्रकारहरुलाई मुरी मुरी सफलताको हार्दीक सुभकामना पनि छ ।

पत्रकारिता र पित पत्रकारितामा फरक :-

सुचनाको हक टोल देखी राष्ट्रसम्म, कर्मचारी देखी उद्योग व्यवसायीहरुसम्म सुचनाका विषय बस्तुहरुलाई सत्य तथ्यको आधारमा रही जनताहरुलाई सु–सुचित गराउनु वा गराउन सक्नु नै पत्रकारिताको हक, धर्म र मर्म हो जस्तो मलाई लाग्छ । जनताहरुलाई सही सुचना दिदा सुचना दिनेको विस्वासनियता, पत्रकार, पत्रीका, रेडियो वा टेलिभिजनहरुको इज्जत मान प्रतिष्ठा संग पनि सबै चिजहरु जोडिएको छ, जस्तो मलाई लाग्छ, त्यसर्थ सुचना प्रवाह गर्दा यस क्षेत्रको धर्मको निर्वाह गर्दै पत्रकारिताको सिमा भित्र रही कार्य गरे यस क्षेत्रको पनि इज्जत उच्च रहने साथै राष्ट्रको चौथो अङ्ग हो भन्ने कुरामा पनि कुनै संका रहने थिएन होला कि ?

हाम्रो देशको चौथो अङ्ग चेतनाको हिसावले सत्य–तथ्यमा आधारित रही, सहि सुचना प्रवाह गर्ने र आफ्नो कर्म क्षेत्रलाई आफ्नै कर्म र धर्म मान्ने पत्रकार वा पत्रिकाहरु अनि रेडियो, टेलिभिजनहरुको पनि कमि भने छैन । सम्पूर्ण देश र जनताहरुको सेवामा तल्लीन रही सहि सुचना प्रवाह गर्ने सबै खाले पत्रिका,रेडियो, टेलिभिजन, युटुव र पत्रकारहरुलाई मुरी मुरी सफलताको हार्दीक सुभकामना पनि छ ।

 तर केही पत्रकारीताको नाममा पित–पत्रकारिता गर्नेहरु जस्तै :– तिललाई पहाड बनाउन कोशिश गर्ने, स्याल हुइयां मच्चाउन खोज्ने, मिडियालाई आफ्नो रिसिवि साध्ने संयन्त्र बनाउन खोज्ने, कुनै झै झगडाको विषयमा लगाईएको आरोप–प्रत्यारोपलाई उछालेर अगाडी ल्याउन कोशिश गर्ने, आर्थिक लेन देनको विषयलाई बढवा दिदै कुकृत्य गर्न पनि पछि नपर्ने, कसैको ईज्जतको ख्यालै नगरी मान, मर्दन र चरित्र हत्या गरिहाल्ने वा नचाहिदो अफवाह फैल्याइ झुटको खेती गर्न खोज्ने आदीलाई पित–पत्रकारिता भनिन्छ जस्तो मलाई लाग्छ ।

 त्यसैले खबरदार पत्रकार मित्रहरु हो, तपाइहरुले लेखेका , देखायका केही त्यस्ता गलत सुचनाहरुले कसैको ज्यान त कसैको परिवार नै तहस–नहस हुन सक्छ, अनावश्यक रुपमा लागेको दागले उसको इज्जत, इमान धर्ममा पनि आँच आउन सक्छ यी सबै तपाईका लागि रिस पोख्ने भाडो होला तर कसैका लागि यो जिवनमा विर्सन नसक्ने घाउ हुन सक्छ, त्यसर्थ पत्रकारिता गर्नु भनेको गलतको विरोध र सहीको रक्षा गर्नु हो जस्तो मलाई लाग्छ । 

मित्रहरु हो आफु ठुलो, छिटो, राम्रो हुन र बन्नका लागि झुटको खेती गर्नुभन्दा सत्यको पक्षमा उभिएर जनता र राष्ट्रलाई सही सत्य र तथ्यमा आधारित पत्रकारितको नोर्म्स भित्र रही कार्य गर्दा उचित र उपयुक्त हुने थियो कि ? बेलैमा हामीहरु सबैले संयमित भई न्याय र सत्यको पक्षमा लेख्न बोल्न, देखाउन थाल्यो भने यस चौथो अङ्ग प्रति जनता र राष्ट्रको पनि अझ विश्वास बढ्ने थियो होला होइन र ? 

सम्बन्धित समाचार

Advertisement