झरना सहकारीकाे छैठौ साधारण सभा सम्पन्न

अनलाइन दर्पण 2018-09-22
img

भक्तपुर, ६ असोज  । मध्यपुर थिमी- ४ स्थित झरना बचत तथा ऋण सहकारी संस्था लिमिलेडको छैठौ वार्षिक साधारण सभा मध्यपुर थिमी नगरपालिकाका  प्रमुख मदन सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा यचु पार्टी भेन्यूमा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले रोजगारी सिर्जना र समुन्नत नेपालमा सहकारीको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे । त्यसैगरी सहकारीमार्फत नै मुलुकको आर्थिक समृद्धि सम्भव रहेकाले सहकारीको बचतलाई घरेलु तथा साना उद्योग र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा उनको जोड दिनु भयो ।

उनले देशको पहिलो मेरुदण्ड आर्थिक क्षेत्र रहेकाले लगानीका माध्यमबाट सहकारीहरुलाई साथ सहयोग गर्न आग्रह गरे । अबको समय राजनीतिक एजेण्डालाई भन्दा पनि आर्थिक क्रान्तिलाई बनाउनुपर्ने भन्दै यसका लागि उद्योग, व्यापार व्यवसाय र पूर्वाधारमा लगानी गरी प्रत्येक नेपालीको क्रयशक्ति बढाउनुपर्ने उनले धारणा राखे ।

कार्यक्रममा संस्थाका अध्यक्ष इश्वरमान श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदनका पेस गर्नुका साथै चालु आर्थिक वर्ष २०७५ /०७६ को लागि वार्षिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । त्यसै गरी संस्थाका कोषाध्यक्ष सरस्वति श्रेष्ठले आ.ब. २०७४/०७५ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु हुँदै गत आर्थिक वर्षमा शेयर पुजी ६९ लाख ४७ हजार ४ सय, बचत हिसाब ६ करोड ६६ लाख २८ हजार २ सय ३७,ऋिण लिएको हिसाब ६ करोड २८ लाख ८३  हजार ५ सय ५४ रहेको जानकारी दिए ।

सस्थाको आजै सम्पन्न भएको संचालक समितिको निर्वाचनबाट इश्वरमान श्रेष्ठको अध्यक्षतामा  नौ सदस्यीय नयाँ संचालक समिति समेत चयन भएकाे छ । समितीको उपाध्यक्ष्यमा  सुर्य नारायण श्रेष्ठ, सचिवमा भरत श्रेष्ठ, कोषाध्यक्षमा ज्ञान संकर श्रेष्ठ  र सदस्यहरूमा नारायण भक्त श्रेष्ठ, बिष्णु भक्त श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, मनोज श्रेष्ठ र सुजित श्रेष्ठ चयन भएका छन् भने सज्जन सुन्दर श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन भएको छ जस्काे सदस्यहरुमा  तुल्सी मेहर दली र विश्वनाथ श्रेष्ठ रहेका छन् । 

सम्बन्धित समाचार

Advertisement