उदयपुर । नेपालकै कान्छी राष्ट्रिय महिला ह्यान्डबल खेलाडी रमिला बस्नेतलाई उदयपुरको मुर्कुचीमा राैता स्पाेर्ट क्लबले भब्य स्वागत सहित सम्मान गरेको छ ।
नेपालको प्रतिनिधित्व गर्दै थुप्रै राष्ट्रहरु बाट स्वर्ण कास्य र रजत लगाएतका महत्त्वपूर्ण पदक दिलाए गृह जिल्ला उदयपुर तथा देशकै नाम उच्च पारेको भन्दै सम्मानित गरिएको राैता स्पाेर्ट क्लबका अध्यक्ष तथा कार्यक्रम संयाेजक हरि मगरले बताएउनु भएको हो ।
खेलाडी बस्नेतले कलिलो उमेरमै समाजिक क्षेत्र पत्रकारिता लगाएतमा उत्तिकै भुमिका निर्वाह गरेको समेत बताएको छ । खेलाडी बस्नेतलाई राैतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले सम्मान पत्र सहित सम्मानित गर्नुभएको थियो ।
राैता स्पाेर्ट क्लबले लामो समयदेखि खेलकुद क्षेत्रमा काम गर्दै अाएकाे र युवाहरूलाई सकारात्मक बाटोमा हिड्न उत्प्रेरित गरिरहेको अध्यक्ष मगरले बताएका छन् ।
यस्तै कार्यक्रममा चर्चित गायिका मेलिना राई जिल्ला प्रहरी प्रमुख एसपी नबराज भट्ट नेपाल पत्रकार महासंघ अध्यक्ष भरत खड्का कुसल उद्घाेषक टम्पसेर राई साथै राष्ट्रिय तथा स्थानीय कलाकारको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रम उदयपुरको मुर्कुचि बजारमा शनिबार राैता स्पाेर्ट क्लबले अायाेजना गरेको हो ।