भक्तपुर । माेडर्न कलेज, माेडर्न बाेर्डिङ्ग मा. बि. दधिकाेट, भक्तपुरकाे संयुक्त अायाेजना तथा तेक्वान्दो अाइटिएफ नेपालकाे संयाेजनमा खेलकुद पत्रकार मञ्च दशरथ रंगशालामा अाज भव्य समारोहबीच दक्षिण काेरियाकाे इन्छन सहरमा भएकाे एसियन तेक्वान्दो च्याम्पियनसिप (३ अगस्ट - ५ अगस्ट २०१७)मा स्पाईरपङ्ग तर्फ स्वर्ण पदक तथा काेरिया अाेपल अन्तर्राष्ट्रिय फेस्टिभलमा स्पाईरिङ्ग र प्याट्रन तर्फ क्रमशः रजत र काश्यपदक बिजेता सस्मन बस्नेतलाई बनेपा नगरपालिकाले रू २०,०००/- , युनिभर्सल माेडर्न कलेज भक्तपुरले रू.२०,०००/- र माेडर्न बाेर्डिङ्ग मा.बि. दधिकाेट भक्तपुरले कक्षा ११ र १२ मा अध्ययन गर्न पूर्ण छात्रवृत्ति प्रदान गरि सम्मान गरियो ।
सस्मन हाल माेडर्नमा कक्षा ११ मा अध्ययनरत बिद्यार्थी हुन्। उनले २०१६ मा बेलायतमा भएकाे विश्व तेक्वान्दो प्रतियोगितामा समेत रजत पदक जितेका थिए । त्यसैगरी तेक्वान्दो अाइटिएफ नेपालले २०१७ काे डिसेम्बरमा भारतको बेङ्गलाेरमा सम्पन्न भएको अन्तर्राष्ट्रिय अामन्त्रण तेक्वान्दो प्रतियोगिताका ४ जना पदक बिजेताहरूलाई पनि सम्मान गरेको छ ।
सम्मानित हुनेहरूमा पूर्णचनण्डी बाेर्डिङ्ग स्कुल ललितपुरका कक्षा ५ का बिद्यार्थी निशान्त लामिछाने र शान्तकुमार राना मगरलाई कक्षा १२ सम्म ५०% छात्रवृत्ति प्रदान गरियो । निशान्तले १० वर्ष मुनिकाे कलरबेल्ट प्याट्रन तर्फ स्वर्ण र स्पारिङ्ग ३२ के.जि. तर्फ पनि स्वर्ण पदक जितेका थिए । शान्तकुमार राना मगरले १३ वर्ष मुनि कलरबेल्ट प्याट्रनमा स्वर्ण र स्पारिङ्ग ४२ के.जि तर्फ रजत पदक हात पारेका थिए । त्यसैगरी काभ्रे विद्यासागर बिद्यालयमा कक्षा ९ मा अध्ययनरत विविका बस्नेतले १५ वर्ष मुनि कलर बेल्ट प्याट्रन तर्फ स्वर्ण र स्पारिङ्ग ४५ के.जि ताैल समूहमा स्वर्ण पदक हात पारेकी थिइन् ।
उनलाई पनि उक्त बिद्यालयले कक्षा दशसम्मका लागि पूर्णरूपमा छात्रवृत्ति प्रदान गरिएको छ । त्यसैगरी काभ्रे विकाटेश्वर बाेर्डिङ्ग स्कुलमा कक्षा ६ मा अध्ययनरत अाशिष थापाले पनि १३ वर्ष मुनि कलर बेल्ट प्यानट्रनमा स्वर्ण र स्पाइरिङ्ग ३७ के.जि. तर्फ पनि स्वर्ण पदक जितेका थिए । उक्त कार्यक्रममा तेक्वान्दो खेलकाे विकास र विस्तारमा उल्लेख्य भूमिका निर्वाह गर्दै अाएका भक्तपुरकाे विद्याविकास बाेर्डिङ्ग स्कुल र ललितपुरकाे पूर्णचण्डी स्कुललाई पनि कदरपत्र प्रदान गरेको छ ।
सम्मानित खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि अाेलम्पियन मुकुन्द श्रेष्ठले सम्मान पत्र, बनेपा नगरपालिकाका उप मेयर रेखा दाहालले पुरस्कार वितरण र माेडर्न स्कुल, कलेजका प्रिन्सिपल अनिल कसपालले सम्मान गर्नुभएका थिए । उक्त कार्यक्रममा बनेपा नगरपालिकाका उप प्रमुख रेखा दाहालले सभापतित्व गर्नु भएको थियो भने माेडर्न स्कुल र कलेजका प्रिन्सिपल अनिल कसपालले स्वागत मन्तव्य राख्नुभएको थियो ।