भक्तपुर, २३ चैत । दसौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भक्तपुरमा शुरु भएको छ । स्वाथ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ रास्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा जिल्ला खेलकुद विकास समिति भक्तपुरद्वारा आयोजित अन्तर विद्यालय निर्वाचन क्षेत्र / जिल्ला स्तरीय दसौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता क्षेत्र नं १ र २ का छनोट खेलहरु सकिएसँगै जगातेस्थित खोप्रिंग स्कुलको खेल मैदानमा आजबाट प्रतियोगिता शुरु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेलले पानसमा दिप प्रज्वलन गरी प्रत्योगिताको उद्धघाटन गरे । उनले खेलकुदको माध्यमबाटनै राष्ट्रिय एकता हुने र अन्तराष्ट्रियस्तरमा समेत नेपालको चिनारी बढाउने भन्दै खेलकुद क्षेत्रमा राज्यले लगानी गरेको बताए । उनले यस्ता प्रतियोगीता खेल क्षेत्रको विकासका लागि र स्थानीय स्तरका खेलाडी उत्पादन गर्ने थालेको बताउँदै जिल्लामा सम्पन्न हुने यस्ता खेलाहरुलाई नियमसंगत र विवादरहित तबरबाट सम्पन्न गराउन समेत जोड दिए ।
जिल्ला खेलकुद विकास समीतीका अध्यक्ष दिलिप केसीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने विद्यालयहरुलाई खेल पुर्वाधारका विकासका लागि विद्यार्थीको सहभागिताका आधारमा बजेट वितरण गरीसकेको र जिल्लामा खेलकुद क्षेत्रको विकासको लागि खेलकुद मैदानको व्यवस्थापन गराउनको लागि योजनाका साथ खेलकुद विकास समिति अगाडि बढेको बताए ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै जिल्ला खेलकुद विकास समिति भक्तपुरका उपाध्यक्ष श्याम बस्नेतले खेलकुदको माध्यमबाटनै स्वस्थ्य हुनुको साथै राष्ट्रको चिनारी गराउनको लागि समेत खेल र खेलाडीले ठूलो भूमिका निर्वाह गरेको र विद्यालय स्तीरय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट बालबालिकामा भएको क्षमताको प्रस्फुटन हुने बताए ।
प्रतियोगितामा विभिन्न ६ इभेन्टका खेलहरु हुने आयोजकले जनाएको छ । जसमा एथलेटिक्स भलिवल, कवड्डी , तेक्वान्दो,उसु ,कवार्दी खेलको प्रत्योगिता गराईने जिल्ला खेलकुद विकास समीतीले जनाएको छ । जसका लागि क्षेत्र नं १ र २ का छनोटमा परेका २८ विद्यालयले प्रतिस्पर्धा गर्नेछन् । छनोट खेलका लागि क्षेत्र नं १ र क्षेत्र नं २ का गरी ५०० भन्दा बढी खेलाडीले सहभागीता जनाएका थिए ।
खेलमा प्रथम स्थान हासिल गर्ने विद्यालयले ५० हजार नगद सहित रनिङ शिल्ड मेडल,र प्रमाणपत्र, द्धितिय हुनेले २५ हजार नगद,मेडल र प्रंमाण पत्र र तृतीयले हुनेले मेडल र प्रमाणपत्र पाउने छन ।
समितिका कोषाध्यक्ष ईश्वर खड्काको संचालनमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा कार्यक्रममा स्थानीय राजदैतिक दलका प्रतिनिधिहरु लगायतका खेलप्रेमी, खेलाडी लगायतको सहभागीता रहेको थियो