रुस्लान धनगढी प्रिमियर लिग–२ को फाइनल प्रवेशका लागि टीम चौराह धनगढीले १ सय २८ रनको लक्ष्य पाएको छ।
संघीय प्रहरी इकाईको कार्यालयको मैदान धनगढीमा मंगलबार जारी पहिलो क्वालिफायरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौं गोल्डेन्सले निर्धारित २० ओभरमा ९ ओभर गुमाएर १ सय २७ रन बनाएपछि धनगढीले सो लक्ष्य पाएको हो।
खेलको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ। काठमाडौैंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रनको पारी खेले। २३ बलको सामना गरेका उनले ३ चौका र २ छक्का प्रहार गरे।
यस्तै अमित श्रेष्ठले ३६, पुष्प थापाले १६ र भुपेन्द्र थापाले १० बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।
धनगढीका सोमपाल कामी र ललितसिंह भण्डारीले २–२ तथा सुनिल धमला, सामसद शेख र रोहन मुस्तफाले १–१ विकेट लिए।