१४ नेपाली खेलाडीले मलेसियन सुपर वुमन सिरिज खेल्ने

अनलाइन दर्पण 2025-09-20
img

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका १४ खेलाडीले मलेसियामा हुने मलेसियन सुपर वुमन सिरिज मा सहभागिता जनाउने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनीहरू पाँच फरक–फरक टोलीबाट खेल्नेछन्।

मलेसियन क्रिकेट एसोसिएसनको आयोजनामा हुने प्रतियोगिता आगामी सेप्टेम्बर २४ देखि ३० सम्म सञ्चालन हुनेछ।

नेपालबाट इन्दु बर्मा, पूजा महतो, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्ट, सावित्रि धामी, कविता कुँवर, रुबिना क्षेत्री र सीता राना मगर प्रतियोगितामा खेल्नेछन्।

यसैबीच, नेपाली महिला टोलीले मलेसियामै अक्टोबर २ देखि ८ सम्म मलेसियासँग ५ खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने कार्यक्रम समेत तय भएको क्यानले जनाएको छ।

सम्बन्धित समाचार

Advertisement