 
                                                    
भक्तपुर । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–७, गुण्डूस्थित हिमाल एकेडेमी स्कुलले इन्टरनेशनल एक्सिलेन्स अवार्ड–२०२५ प्राप्त गरेको छ। यो सम्मान एक्जितो इभेन्ट्स् अष्ट्रेलियाद्वारा मलेसियाको राजधानी क्वालालम्पुरस्थित लिंकन युनिभर्सिटीमा असोज २८ (अक्टोबर १४, २०२५) मा आयोजित विशेष समारोहमार्फत प्रदान गरिएको हो।
उक्त कार्यक्रममा नेपाल, फिलिपिन्स, मलेसिया, भारत, बेलायत लगायतका विभिन्न देशका उत्कृष्ट विद्यालय, संस्था र व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। हिमाल एकेडेमी स्कुलका संचालक–प्रिन्सिपल प्रदीप थापाले विद्यालयको तर्फबाट अवार्ड ग्रहण गर्नुभएको थियो।
गुणस्तरीय शिक्षामा निरन्तरता दिंदै आएको हिमाल एकेडेमी भक्तपुर जिल्लामा उत्कृष्ट विद्यालयमध्ये एक हो। २०७९/८० को एसईई परीक्षामा यो विद्यालयबाट ६ जना विद्यार्थीले ४.० जिपिए प्राप्त गरेका थिए। विद्यालयले विभिन्न प्रतिस्पर्धात्मक शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूमा उल्लेखनीय सफलता हासिल गर्दै अघिल्ला वर्षहरूमा पनि धेरै सम्मान प्राप्त गरिसकेको छ।
अवार्ड ग्रहणका लागि प्रिन्सिपल थापा अक्टोबर ५ देखि सिंगापुर, थाइल्याण्ड र मलेसियाका प्रतिष्ठित विद्यालय, कलेज तथा विश्वविद्यालयहरूको शैक्षिक अवलोकन भ्रमणमा सहभागी हुनु भएको थियो। उहाँले भ्रमणका क्रममा विभिन्न देशका शैक्षिक व्यक्तित्वहरूसँग अन्तरक्रिया गर्ने अवसर प्राप्त भएको बताउँदै, यो अवार्डले हाम्रो विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मात्र होइन, अझ जिम्मेवार र उत्कृष्ट शिक्षा दिन प्रेरणा पनि दिएको बताउनु भयो ।