मोडर्नका  सस्मनले जिते एसियन च्याम्पियनसिपमा स्वर्ण पदक

अनलाइन दर्पण 2017-08-16
img

काठमाण्डौ, २३ साउन । आइटिएफ कोरियन खुला अन्तर्राष्ट्रिय फेस्टिवल तथा चौथो एसीयन च्याम्पियनसिपमा भक्तपुरस्थित मोडर्न कलेजमा कक्षा ११ मा अध्ययनरत छात्र  सस्मन बस्नेतले स्वर्ण पदक जितेका छन् । 

दक्षिण कोरियाको इचोन सहरमा भएको  एशियन च्यमम्पियनसिप अन्तर्गत जुनियर ब्ल्याक बेल्टतर्फको ७० केजी  तौल समूहको खेलमा उनले  संयुक्त राज्य अमेरिकाका खेलाडीलाई  ७–१२ पोइन्टले पराजित गर्दै स्वर्ण पदक हात पारेका हुन् । 

सोही प्रतियोगिताअन्तर्गत उनले कोरियन खुला अन्तर्राष्ट्रिय फेस्टिवलअन्तर्गत जुनियर ब्ल्याक बेल्टको ७० किलो तौल समूहमा रजत तथा फस्ट डनमा कास्य पदक समेत जितेका थिए ।  यही साउन १९ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगीतामा  १५ राष्ट्रका करिब  ५०० भन्दा बढी खेलाडी सहभागी   थिए । 

सम्बन्धित समाचार