विकासको गतिलाई निरन्तर रुपमा अगाडि बढाइरहेका छाैं: वडाध्यक्ष खड्का

अनलाइन दर्पण 2019-08-31
img

सिन्धुपाल्चोक  । सिन्धुपाल्चोक जिल्लाको  साविक कालिका गाविसकाे नाै वटै वडा मिलेर सुनकाेशी गाउँपालिका ३ नम्बर वडा बनेकाे छ । ७ सय भन्दा बढी घरधुरी रहेकाे वडाकाे जनसंख्या करिव ४ हजार छ । व्यवसायिक कृषि र पशुपालन वडावासीका मूख्य आम्दानीका श्राेत हुन् । कालिका देवी मन्दिर, त्रिवेणी चारधाम मन्दिर, तिर्थेश्वर महादेव मन्दिर, सेतीदेवी मन्दिर यहाँका पंमुख धार्मिक सम्पदा हुन् । सुनकाेशी गाउँपालिकाकाे ३ नम्बर वडा पछिल्लो समय विकास निर्माणामा निकै सक्रियतापूर्वक लागिपरेको छ । वडालाई कसरी सम्मृद्ध बनाउने भन्दै वडाध्यक्ष रामहरी खड्का निकै खटिरहनु भएको छ । वडाध्यक्षमा निर्वाचीत खड्काकाे सक्रियताकै कारण वडाको मुहारमा परिवर्तनको आभास देखिन थालेको छ । यसै सन्धर्भमा वडाध्यक्ष रामहरी खड्कासँग गरिएकाे कुराकानीकाे सम्पादित अंश:

वडाध्यक्षमा निर्वाचित भएपछि वडाको सेवा प्रवाहमा के-कस्तो परिवर्तनको  महसुस गराउनुभयो ?

पहिलो स्थानीय सरकार भएको हुनाले नीति नियम कानुन निर्माण गरेर अगाडि बढ्नुपर्ने अवस्था थियो । कतिपय हाम्रा अनुभवमा आएका कमी कमजोरी तथा शुरुका दिनहरुमा नीति नियम बन्न नसकेको कारणले केही अप्ठ्यारो परिस्थिति आएता पनि सामान्यरुपमा स्थानीय सरकारले गर्नुपर्ने कामहरु गर्यौ । वडाध्यक्षमा निर्वािचत भएपछी वडाको सेवा प्रवाहमा चुस्तदुरूस्त छिटो छरितो र सेवाग्राहीले भनेको समय अथार्त कायार्लय समय भन्दा वाहेकको समयमा पनि सेवा दिइ छिटो छिरीतो र गुणस्तरीय सेवा प्रदान गरीएको छ ।

वडाका मुख्य समस्याहरु के-के हुन ?

विशेष गरेर हाम्रो वडामा विकास निर्माण गर्ने सवालमा जनताको अपेक्षा धेरै तर स्रोत साधनहरु भने सिमित छन् । पहाडी भू-भागमा रहेको यस वडाका हरेक बस्तीमा कँही खानेपानी छैन, कँही सडक छैन, कँही विद्युत विस्तार छैन, शिक्षकको अभाव र बिद्यालयहरुको अवस्था कमजोर छ, कँही भौतिक सुविधाहरुको पनि अभाव छ । यस्तो अभाव हुदाँ पनि हामीले  हामीसँग भएको स्रोत, साधन, सीप र क्षमतालाई म लगायत मेरो टिमले भरपुर प्रयोग गरेर आफूले सक्दो काम तथा विकासको गतिलाई निरन्तर रुपमा अगाडि बढाइरहेका छाैं। हामीले पाएका जिम्मेवारीहरुलाई गहनताका साथ काम गरिरहेका  छौ‌ं  ।

जनताका आयआर्जनका लागि के-कस्ता कामहरु भईहेको छ ? 

जब एउटा बुवाले छाेरीको लागि जागिर लगाउने कुरा गर्नुहुन्छ, हामीलाई चुनावमा सघाउने भाइ बहिनीहरुले वडाध्यक्षज्यू मलाई एउटा जागिरमा लगादिनुप¥यो भन्नुहुन्छ । म बाध्य भएर खिन्न मनले हुन्छ कोसिस गर्छु भनेर भन्छु । त्यो बेला मलाई अत्यन्त खिन्न तथा पिडादायी अनुभूति हुने गर्दछ । यो विषय हाम्रो एउटा अत्यन्त ठूलो समस्या हो । त्यसो भएको हुनाले हामी के सोचेका छौं भने हाम्रे क्षेत्रमा आयआर्जनको निमित्त सबैभन्दा प्रमुख कुरा भनेको कृषि हो । यसमा हामी आत्मनिर्भर बन्न जरुरी छ । हामी ७५ प्रतिशत जनताको लागि कृषिमा आबद्ध गराउने प्रयत्न गरिरेका छौं । हामीले कृषिलाई नै व्यवसायीकीकरण गर्ने हो । यसको उपज बढाउने हो । यसको लागि उचित बजारको सिर्जना गरेर बेरोजगार युवाहरुलाई कृषिमा आत्मनिर्भर बनाउने वातावरणमा जुटेका छौँ । स्थानीय स्तरमा बिउ विषादी बनाउनेदेखि जैविक मलसम्म उत्पादन गर्न हामी लागिराखेका छौं । टाेलटाेलमा कृषिको उत्पादनका निम्ति कुन ठाउँमा कस्तो उत्पादन हन्छ भन्ने अध्ययनका लागि एउटा परिचालन टोली बनाएर अघि बढेका छौं । कृषि तथा पशुपालन प्रवद्धनको लागी वजेटकाे व्यवस्था गरी पशुपालनको लागी विउको राँगा तथा वोका खरीद गर्न अनुदानको व्यवस्था गरिएको छ । त्यसैगरी कृषि उत्पादनबाट जनताको आयआर्जन वृद्धि होस भनेर हामीले आधुनिक कृषि यान्त्रीकरण खरिदमा समेत अनुदान दिएका छौ ।

यो बर्षको बजेटमा कस्ता योजनालाई प्राथमिकता मा राख्नुभएको छ ?

सडक सञ्चालन, पर्यटकीय स्थलकाे विकास, सामुदायिक वन तथा वातावरणकाे संरक्षण खानेपानीकाे पहुँच, बालमैत्री वडा, स्वास्थ्य-सेवामा विस्तार, जेष्ठ नागरिकमैत्री भवनहरु, सामाजीक संरक्षण, महिला क्षमता विकास, दलितहरूको आयआर्जन जस्ता योजनाहरू राखेर काम अघि बढाइएको छ ।

वडामा व्याप्त खानेपानीको समस्या समाधानका लागि के काम भइरहेकाे छ ?

जलवायु परिवर्तन तथा भुकम्पले गर्दा पानीको मुहान सुकेको कारण हाम्रो वडामा खानेपानीको ठूलो समस्या रहेकाे छ। खानेपानीको समस्या समाधानका लागि सानातिना मर्मत सम्भारका याेजनाहरु वडाले संचालन गरेको छ भने वडा भित्रका सम्पुर्ण टेल तथा वस्तीहरुमा खानेपानीकाे सुविधा पुर्याउने गरी कारीतास नेपालकाे सहयाेगमा खानेपानीको लागि काम भइरहेकाे छ ।

सडक निर्माणका क्षेत्रमा के-के काम भइरहेको छ ?

हाम्रो वडामा बर्षायाममा पानीको कारणले यातायातका साधनहरु चल्दैनन् । यस्तो खालको समस्यालाई आगामी बर्षाभित्र सबै वस्तीहरुमा बाटो तथा सडक विस्तार गरिने योजनाहरु रहेका छन । वडा भित्रका २ वटा यात्रुावाहक गाडी चल्ने सडकहरूको स्तरोन्नती गर्ने काम भइरहेको छ भने वस्ती भित्रका सडकहरूलाइ पनि आवश्यकता अनुसार मर्मत सुधार गर्ने काम भैरहेको छ ।

वडाध्यक्ष भई जनताको सेवा तथा विकास निर्माणका कार्य गर्न पाउँदा तपाइँका अनुभवहरु के-कस्ता रहे ?

वास्तवमै जनताको सेवा गर्न पाउँदा अत्यन्तै आनन्द र सुन्तुष्टीको अनुभूति भएको छ । जसरी जनताले यसअघि जुनसुकै सरकार आएपनि कुनै परिवर्तन भएन भन्ने गुनासो आउनुको कारण नेताहरुले प्रत्यक्ष जनतासंग नजिक नहुने तथा जनताका वास्तविक समस्याहरुलाई नबुझदाको कारण हो । तर अहिले जनतासंग प्रत्यक्ष भाईचारा सम्बन्ध गाँसेर काम गर्न पाउँदा निकै खुशी लागेको छ ।

 

सम्बन्धित समाचार

Advertisement