समृद्ध चाँगुनारायण बनाउन दिनरात नभनी खटिन्छु- सुरेश श्रेष्ठ

अनलाइन दर्पण 2022-10-16
img

(आसन्न प्रदेश सभा निर्बाचनमा चाँगुनारायण प्रदेश सभा समिति "क" बाट प्रत्यक्ष तर्फका सदस्य पदका उमेदबार हुन्। आसन्न निर्बाचन र समसामयिक बिषयमा गरिएको कुराकानी)

*तपाईंको परिचय दिनुहोस् न।

- म सुरेश श्रेष्ठ।चाँगुनारायण नगरपालीका वडा नम्बर १ दुवाकोटमा बस्छु। अासन्न प्रदेश सभा निर्बाचनमा सदस्य पदको उमेदबार हुँ।

* अासन्न प्रदेश सभा निर्बाचनमा संयुक्त गठबन्धनको तर्फबाट उमेदबार हुनु हुन्छ। के कारणले पत्यायो त तपाईंलाई?

- अासन्न प्रदेश सभा निर्बाचनकोलागि सत्ता साझेदार गठबन्धन रहेको छ।यहि गठबन्धनमा नेपाली कांग्रेस पनि प्रमुख सत्ता साझेदार छ। भक्तपुरको ३ वटा नगर प्रदेश समिति नेपाली कांग्रेसको भागमा परेको छ भने एउटा नेकपा एकीकृत समाजबादीको भागमा परेको छ। त्यही नेपाली कांग्रेसको भागमा परेको भक्तपुर क्षेत्र नम्बर १ चाँगु नारायण "क"बाटउमेदबार बनेको छु। पार्टीले मैले गरेको योगदानको कदर गरेको छ। अग्रजहरूले र सँगै राजनीतिमा होमिएका साथीहरूले अाकांक्षा ब्यक्त गरेका थिए। अाकांक्षीहरू सबै सक्षम नै हुनुहुन्थ्यो तर पार्टीले मलाई बिश्वास गरेर उमेदबार बनाउनु भएको छ। विद्यार्थी राजनीतिमा होमिएको मान्छे म भक्तपुर बहुमुखी क्यामपसमा स्वबियु निर्बाचनबाट सचिब पदमा बिजयी भएको थिए।नेबिसंघ भक्तपुरको जिल्ला अध्यक्ष भएर काम गरिसकेको छु। नेपाली कांग्रेसको १२ अौं महाधिबेशनमा जिल्ला सदस्य, तेह्रौं महाधबेशनमा महाधिबेशन प्रतिनिधि र चौधौं महाधिबेशनमा महासमिती सदस्य रही संगठन बिस्तारको काम गरिरेको छु। जसकारण पनि पार्टीले मलाई बिस्वास गरेर टिकट दिएको छ।

* तपाईंलाई राजनीतिमा लाग्न के ले प्रेरित गरयो?

- म सानो छँदा नै राजनीति बुझ्ने मौका पाएको थिएँ। बुबा नेपाली कांग्रेसबाट राजनीति गर्ने भएर पनि कांग्रेसका नेताहरूको अाउजाउ घरमा हुने गरेकोले मैले बी पीको बिचारधारा बुझ्ने मौका पाएँ। यही अग्रज नेताहरूको सामिप्यता र प्रेरणाले विद्यार्थी राजनीतिमा होमिएँ। बिद्यालय जीवनमा पनि राजनीतिलाई निरन्तरता दिँदै नयाँ नयाँ सदस्य बनाउँदै हिँडे। बिद्यालय जीवन सकिएपछि उच्च शिक्षाको क्रममा नेबिसंघको तर्फबाट क्याम्पसमा स्वबियु सचिब पदमा बिजयी भएको थिएँ।पछि जिल्ला अध्यक्ष पनि भएँ। संगठनमा जिल्ला सदस्य,महाधिबेशन प्रतिनिधि र महासमिति सदस्य रहेर काम गरिरहेको छु।

* टिकट पाउनु भएको छ। उमेदबार हुनुहुन्छ। जित्नु हुन्छ त?

- हा हा हा प्रश्नको लागि धन्यबाद।नेपाली कांग्रेसमा टिकट पाउनु नै अाधा चुनाब जिते बराबर हुन्छ। बाकीँ हामीले गरेका कामको मुल्याङ्कन गरेर जनताले भोट हाल्नु हुन्छ। हामीले चुनाब जित्छौं। उप निर्बाचनमा पनि जित्यौं,स्थानीय निर्बाचनमा पनि मेयर पदमा जनताले जिताउनु भयो।प्रदेश सभा समितिमा पनि जनताहरू स्वतस्फुर्त रुपमा रुखमा मतदान गरेर जिताउनु हुन्छ।

* चुनाब जित्नु भयो भने जनताका लागि के के गर्नु हुन्छ नि?

- यदि मैले चुनाब जितें भने सर्ब प्रथम जनताकोलागि ऐनकानुन बनाउन लागि पर्छु। जनताले संघीयता राम्ररी बुझ्न पाएका छैनन्। जसले गर्दा प्रदेश खारेज गर्नु पर्छ भनेर अावाज उठाउँदै अाएका छन्। यसलाई हामीले जनतामाझ संघीयता र प्रदेश सभाको महत्व बुझाउन सक्नु पर्छ। प्रदेशलाई केन्द्रले अधिकार दिएको छैन।प्रदेशको अाफ्नो अधिकारकोलागि सधैं प्रदेश संसदमा कुरा उठाउने छु। गुणस्तरीय शिक्षा,स्वास्थ्य,रोजगार,खानेपानी,अाधुनिक कृषि प्रणाली र सडक निर्माण र स्तरोन्नतीको काममा लागि पर्नेछु।

* जताततै सडक बिग्रीएका छन्। धेरै सडकहरू कालोपत्रे गर्ने भएपनि अलपत्रमा परेका छन्। तपाइँले जितेपछि सडकको कामलाई कसरी अघि बढाउनु हुन्छ नि?

- बिकास निर्माणको पहिलो खुड्किलो सडकनै हो। अाधुनिक कृषि प्रणालीको बिकास गरेपछि उत्पादित बस्तुहरु बजार सम्म पुरयाउन सडक चाहिन्छ। त्यसैले सडक फराकिलो बनाउने,सडक नभएको ठाउँमा सडक खोल्ने र कच्चि सडक बनाउने कच्चि सडकलाई स्तरोन्नति गरि कालोपत्रे गर्ने काममा लागि पर्नेछु।सडकको बिकास भएर मात्र हुँदैन ।सडकमा सार्बजनीक यातायातका साधनहरू पनि प्रदेश समिति भित्र संचालनमा ल्याउन पहल गर्ने छु।

* अाधुनिक कृषि प्रणालीको बिकासलाई कसरी अघि बढाउनु हुन्छ नि?

-हाम्रो देश कृषि प्रधान देश हो। यहाँ हामी उहीँ परम्परागत पेट पाल्नका लागि मात्र खेति गरिरहेका छौं। वल्लोपल्लो घरका पर्म गरेर खेति गरिरहेका छौं। अब हामीले यो परम्परागत कृषि प्रणालीलाई पूर्णरुमा परिबर्तन गरि अाधुनिक कृषि प्रणाली अँगाल्नु पर्छ। त्यसका लागि टनेल र हाईटेक प्रबिधिको प्रयोगमा जोड दिनु पर्छ। अाधुनिक अौजार र प्रबिधि प्रयोगमा अनुदानको ब्यबस्था गर्नु पर्छ।उन्नत जातको बीउ,मल ,सिंचाई र बजार ब्यबस्था गर्न पहल गर्नेछु।किसानलाई नगदेबाली लगाउन प्रेरित गर्नेछु। कृषि र पर्यटनलाई जोडेर अघि बढ्न सके किसान र सरकारलाई मनग्य अाम्दानी हुने हुँदा विशेष जोड दिनेछु।

* कृषि र पर्यटन जोड्ने कुरा गर्नु भयो। यो सम्भब छ र?

-किन सम्भब नहुनु? सम्भब छ। गाउँगाउँमा ठूला होटल ब्यबस्था गर्न सकिँदैन। हामीले होमस्टेलाई प्राथमिकता दिनु पर्छ। चाँगुनारायण नगरपालिका पर्यटकको लागि गन्तब्य बनिसकेको छ। चाँगु मन्दिर र नगरकोट मुख्य गन्तव्य हो। पर्यटकका लागि खाना र तरकारी ,नास्ता यहिँ स्थानीय किसानहरूले उत्पादन गरिएको दूध दहि,माछामासु,अण्डा हरिया सागपात अन्य तरकारीहरू प्रयोगमा ल्याउन प्रेरित गर्नु पर्छ। पर्यटकलाई पनि किसानका खेतबारीमा अबलोकन गराउने गर्नु पर्छ। जसले गर्दा पर्यटकको बस्ने समय पनि लम्ब्याउन सकिन्छ। कृषिलाई पर्यटनसँग जोड् न अपरिहार्य भईसकेको छ। त्यसलाई मैले प्राथमिकताका साथ अघि बढाउनेछु।

* खानेपानीको समस्या समाधान गर्न कस्तो पहल गर्नु हुन्छ नि?

- चाँगुनारायण नगरपालिकाको ९ वटा वडा र भक्तपुरको एउटा १० नम्बर वडा गरि १० वटा वडा मिलेर हाम्रो चाँगु प्रदेश सभा समितिमा। भक्तपुर नगरपालिकाको १० नम्बर वडामा बढी खानेपानीको समस्या रहेपनि मेलम्चि अायोजना परेकाले दीर्घकालिन् समस्या समाधान गर्न सकिन्छ। मेलम्चि नअाईपुग्दा सम्म नगरकोटकै पानीबाट ब्यबस्थापन गर्न सकिन्छ। चाँगुनारायणको भौगोलिक बनाअोट बिकट भएकाले अलि बढी खर्च गर्नु पर्ने देखिन्छ। खोलाको किनार छेउमा ठूला बोरिङहरू गरी डाँडामा ट्याङ्कि राखेर बितरण गर्न सके खानेपानीको समस्या समाधान गर्न सकिन्छ। पानीका बैकल्पिक स्रोतहरूको बढी प्रयोग गरेर पनि समाधान गर्न सकिन्छ। तर ठूला अायोजना ल्याउन सके दीर्घकालिन समाधान गर्न सकिन्छ। त्यसैले चाँगुनारायण नगरपालीकालाई मेलम्ची अायोजनाभित्र पार्न पहल गर्नेछु।

* शिक्षामा कस्तो ब्यबस्था गर्नु हुन्छ नि?

- गुणस्तरीय शिक्षा अाजको अाबस्यकता हो। गुणस्तरीय शिक्षालाई जोड दिईनु पर्छ। नीजि र सामूदायिक बिद्यालय बीच हुने बिभेदको अन्त्य गरिनु पर्छ। शिक्षकहरूलाई समयानुकुल तालिमको ब्यबस्था गर्नु पर्छ।समयमा बिद्यार्थीको हातमा पुस्तक पुरयाउनु पर्छ। ब्यबस्थापन,विद्यार्थी र अभिभाबको समधुर सम्बन्ध बनाएर शैक्षिक क्षेत्रको बिकासमा जोड दिनेछु।

* अन्त्यमा..

- उद्योग धन्दा कलकारखाना खोल्न प्रेरित गरी रोजगारी सिर्जना गर्ने,स्वास्थ्यलाई सबैको पहुँच पुरयाउन अस्पतालको खोल्ने र स्वास्थ्यका कर्मचारीहरूको ब्यबस्था गरिदिने। यी सबै कुराहरू गर्नका लागि दिन रात नभनि खटिने छु। मेरो खटाई समृद्ध चाँगु प्रदेश हुनेछ। जसकोलागि रुख चिन्हमा मतदानगरी सुरेश श्रेष्ठलाई जिताउन हुन चाँगु प्रदेशबासिलाई अपिल गर्दछु।

सम्बन्धित समाचार

Advertisement